देश, लोकतन्त्र र संविधानका लागि नयाँ जनमत उपयोग हुन सकोस्: पूर्वराष्ट्रपति डा यादव

Author

सजिलो पत्रिका

२०८२ चैत ०३, मङ्गलबार

20
Share
Featured

काठमाडौँ

पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य  निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको आज यहाँ लोकार्पण गर्र्दै उहाँले जेनजी युवाहरूको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र रास्वपाले त्यसलाई देश बनाउन सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिुभयो । 

“विसं २०१५ मा पनि नेपाली काँग्रेसले दुई तिहाइ ल्याएर विपी कोइराला प्रधानमन्त्री हुनुभएको थियो । त्यसले पूरा समय काम गर्न पाएन । हालको जनमत त्यसरी खेर नजाओस्”, पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “देश, संविधान,  लोकतन्त्र, सङ्घीयता, धर्म निरपेक्ष, समावेशीता सबै बचोस् । संविधानको पालनाको काम होस्, तर आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्रै जित्नुपर्छ भन्ने सोच कसैले राख्नुहुँदैन । प्रतिपक्षविना लोकतान्त्रिक प्रणाली बलियो हुनसक्दैन ।”

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरु सबै पार्टी र नागरिकले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा विसं २०७४ यता ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कार चलिरहेकामा पछिल्लो जनमतले त्यसमा ‘ब्रेक’ लगाएको उल्लेख गर्दै उहाँले अब विगतका गल्ती नदोहो¥याउँदै मुलुक अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 

पूर्वमन्त्री डा रिजालले लोकतान्त्रिक व्यवस्थामा सूचना प्रविधिलाई गलत मनसाय राखेर नियमन गर्ने वा प्रतिपक्षविनाको राजनीतिक प्रणालीको कल्पना गरिनु उचित नहुने बताउनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रमा जिम्मेवारीमा रहेका सबै थप जिम्मेवार हुनुपर्नेमा जोड दिँदै जनताले अनुभूत हुने गरी लोकतन्त्रलाई आत्मसात गर्नुभयो । उहाँले पाखरेलद्वारा प्रकाशित पुस्तकले अखबारी लेखनले पनि विचार निर्माण गर्न सक्छ  र कृति बन्नसक्छ भन्ने दृष्टान्त दिएको बताउनुभयो ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘सङ्कल्पन’ पुस्तक लेखरूको सङ्ग्रह मात्रै नभएर समयको दस्तावेज पनि भएको टिप्पणी गर्दै युवाहरूको भावना र लोकतन्त्रको सबलीकरणबारे लेखकले दूरदृष्टि प्रस्तुत गरेको बताउनुभयो ।

लेखक पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई सङ्कलन गरेर पुस्तकका रूपमा ल्याएको बताउनुभयो । पुस्तकको प्रकाशन गोरक्ष राष्ट्रिय दैनिकले गरेको हो ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...