संसदीय अभ्यासदेखि एआईसम्म, रास्वपा सांसदलाई यस्तो छ दुई दिने प्रशिक्षणको कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ चैत ०३, मङ्गलबार

43
Share
Featured
  • रास्वपाले फागुन २१ को निर्वाचनपछि १८२ सांसदका लागि ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण सुरु गरेको छ।
  • स्वर्णिम वाग्ले, डोलप्रसाद अर्याल लगायतले संसदीय प्रक्रिया, नीति, प्रविधि र शासनबारे प्रशिक्षण दिँदै छन्।
  • कार्यक्रमको समापन रवि लामिछाने को सम्बोधनसँगै बुधबार हुने तय गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ को निर्वाचनबाट निर्वाचित आफ्ना १८२ जना सांसदहरूका लागि आज (मंगलबार) देखि ललितपुरको ग्वार्कोमा दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटसहित झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको रास्वपाले आफ्ना जनप्रतिनिधिहरूलाई संसदीय प्रक्रिया र जिम्मेवारीबारे स्पष्ट पार्न यो कार्यक्रम आयोजना गरेको हो।

मंगलबार बिहान पार्टीका उपसभापति डोल प्रसाद अर्यालले कार्यक्रमको उद्घाटन गरे। पहिलो दिनको सत्रमा उपसभापति डा. स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था र पार्टीको प्रतिबद्धताबारे सहजीकरण गर्नेछन्। त्यस्तै, पूर्वसचिवहरू सुरेश अधिकारी र तोयानाथ अधिकारीले संसदीय कार्यप्रणाली र कानुन निर्माण प्रक्रियाबारे प्रशिक्षण दिनेछन्। विशेष आकर्षणका रूपमा आईटी विज्ञ दोभान राईले कृत्रिम बुद्धिमत्ता (AI) र डिजिटल युगमा सञ्चारको प्रभावबारे सांसदहरूलाई जानकारी दिनेछिन्।

अघिल्लो संसद्मा रहेका शिशिर खनाल, डा. तोसिमा कार्की, सोबिता गौतम लगायत ८ जना सांसदहरूले आफ्नो संसदीय अनुभव सुनाउने कार्यक्रम समेत रहेको छ। पहिलो दिनको अन्त्यमा १५ वटा रणनीतिक प्रश्नमा समूहगत छलफल र नेतृत्व संवाद हुनेछ।

दोस्रो दिन (बुधबार) को कार्यक्रम बिहान योग र ध्यानबाट सुरु हुनेछ। सो दिन पूर्वसचिवहरू डा. तोयानारायण ज्ञवाली र प्रतापकुमार पाठकले बजेट निर्माण र सुशासनका विषयमा प्रशिक्षण दिनेछन्। महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक संस्कार र आचारसंहिताका बारेमा स्पष्ट पार्नेछन्। दुई दिने यो सघन प्रशिक्षण कार्यक्रम बुधबार साँझ सभापति रवि लामिछानेको सम्बोधनसँगै समापन हुने कार्यसूची रहेको छ।

यो समाचारमा

शिशिर खनालराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेसोबिता गौतम
डोल प्रसाद अर्याल6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...