एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामा

Author

सजिलो पत्रिका

२०८२ चैत ०३, मङ्गलबार

25
Share
Featured

काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुईदिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला सुरु गरिएको हो ।

कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकार भएका निकायका प्रतिनिधि, शिक्षक, परीक्षा व्यवस्थापनमा संलग्न प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता छ ।

कार्यशालाबाट तयार हुने प्रतिवेदनका आधारमा गण्डकी प्रदेश सरकारले शिक्षामा आफ्नो अधिकारअनुरूप काम अगाडि बढाउने र आवश्यक विषयमा केन्द्र सरकारलाई सिफारिस गरिने शिक्षा विकास महाशाखाका प्रमुख दामोदर सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीको रजिस्टेसनदेखि प्रमाणपत्र प्राप्त गर्ने समयसम्म देखिने समस्यालाई सम्बोधन गर्ने गरी नीति तथा व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

कार्यशालालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एसइई जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदानप्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे कार्यशालामा गहन छलफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीमैत्री र व्यवस्थित परीक्षा प्रणाली विकास गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै उहाँले शिक्षाको गुणस्तर सुधार र परीक्षालाई अझ व्यवस्थित बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष डा महाश्रम शर्माले शिक्षाका क्षेत्रमा गण्डकी प्रदेशले आफ्नो अधिकारअनुसार प्रभावकारी काम गरिरहेको बताउनुभयो । सूचना, सञ्चार तथा प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै परीक्षा प्रणालीलाई अझ व्यवस्थित र अन्तरराष्ट्रियस्तरको बनाउन निरन्तर मेहनत गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले पारदर्शी, व्यावहारिक र व्यवस्थित व्यवस्थापनबाट परीक्षा प्रणालीमा सुधार ल्याउन सकिने धारणा राख्नुभयो । 

राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख सुभाष पन्तले एसइई परीक्षालाई प्रविधिमैत्री ढङ्गले व्यवस्थित गर्नतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

यो समाचारमा

गण्डकी प्रदेशराष्ट्रिय परीक्षा बोर्डपोखराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...