‘ब्रेन इन्जुरी’बाट बाँचेका बेलायतीहरूको कथामा आधारित ‘द एभरेस्ट ड्रीम’ प्रदर्शन हुँदै

Author

सजिलो पत्रिका

२०८२ चैत ०२, सोमबार

27
Share
Featured

काठमाडौँ

मस्तिष्कमा गम्भीर चोट भएका युनाइटेड किंगडमस्थित स्कटल्याण्डका सातजनाले सगरमाथा आधार शिविरसम्म गरेको पदयात्रामा आधारित वृत्तचित्र ‘द एभरेष्ट ड्रीम’ प्रदर्शन हुने भएको छ । अन्तरराष्ट्रिय फिल्म महोत्सवको अवसर पारेर यही चैत २२ गते सो वृत्तचित्र प्रदर्शन गर्ने तयारी भइरहेको सो वृत्तचित्रका निर्देशक एवं पत्रकार गणेश पाण्डेले जानकारी दिनुभयो । नेपालमा प्रदर्शन भएपछि अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरूमा पनि प्रदर्शन गर्ने लक्ष्य रहेको निर्देशक पाण्डेले बताउनुभयो ।

करिब डेढ वर्ष लगाएर तयार पारिएको सो वृत्तचित्र निर्माणमा एसोसियट निर्माता शारदा गैरे, छायाङ्कार सुरेश श्रेष्ठ र नीरज पन्थी, सम्पादक ईश्वर कोइराला, सङ्गीतकार जुगल डङ्गोल र सन्दीप सरदार तथा ‘न्यारेटर’ कौशल घिमिरे छन् ।

‘द लिटिल शेर्पा फाउन्डेसन’का जेम्स ल्याम्बको नेतृत्वमा ‘ट्रमाटिक ब्रेन इन्जुरी’को समस्या झेलिरहेका पाँच जनाका परिवारसहित सात जनाको स्कटल्यान्डदेखि काठमाडौँ हुँदै खुम्बु क्षेत्रमा पर्ने सगरमाथा आधारशिविरसम्मको कठिन र प्रेरणादायी यात्रा वृत्तचित्रमा समावेश गरिएको छ ।

‘लिटिल शेर्पा फाउन्डेसन’को सहकार्यमा गोरखा भूकम्पसम्बन्धी वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’, बहुपति प्रथामाथि आधारित ‘को–हजबेण्ड’लगायत निर्माण गर्नुभएका पाण्डेले ‘द एभरेष्ट ड्रीम’ पनि निर्देशन गर्नुभएको हो ।

यो समाचारमा

युनाइटेड किंगडमस्कटल्याण्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...