नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री कोइराला

Author

सजिलो पत्रिका

२०८२ चैत ०२, सोमबार

17
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको छ ।

पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहनुभएकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको हो । नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र र देशभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्याउनुभयो ।

उहाँले कांग्रेस सभापति गगन थापाले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेत्री कोइरालाले कांग्रेसले जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पार्टीको हरेक संरचनामा युवा सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

यो समाचारमा

सुजाता कोइरालानेपाली काँग्रेसकाठमाडौँगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...