प्रधानमन्त्रीका स्वकीयको नियुक्तिप्रति महावीर पुनको कडा आपत्ति- 'इज्जत धुलोमा नमिलाऊ'

Author

सजिलो पत्रिका

२०८२ चैत ०२, सोमबार

24
Share
Featured
  • महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीद्वारा स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा नियुक्त गरेकोमा कडा आपत्ति जनाएका छन्।
  • पुनले उक्त नियुक्तिलाई “१०० प्रतिशत गलत” भन्दै श्रेष्ठलाई पद अस्वीकार गर्न आग्रह गरेका छन्।
  • उनले नातावाद र कृपावादले पुराना दलहरू कमजोर भएको उल्लेख गर्दै यस्तो प्रवृत्ति दोहोरिए नयाँ दलहरू पनि कमजोर हुने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वमन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा नियुक्त गरेकोमा कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत पुनले उक्त नियुक्तिलाई '१०० प्रतिशत गलत' भन्दै श्रेष्ठलाई त्यो पद अस्वीकार गर्न सुझाव दिएका छन्। "आदर्श भाइ, प्रधानमन्त्रीज्यूको ऐतिहासिक इज्जत धुलोमा नमिलोस् भन्नका लागि त्यो पद नलिऊ," पुनले लेखेका छन्, "सानो लोभले प्रधानमन्त्रीले कमाउनुभएको इज्जत धुलोमा नमिलाइदेऊ।"

पुनले नातावाद, चाकरीवाद र कृपावादकै कारण पुराना दलहरू धराशायी भएको उल्लेख गर्दै यही प्रवृत्ति दोहोरिए नयाँ दलहरू पनि कालान्तरमा मासिने चेतावनी दिएका छन्। उनले यस्ता नियुक्तिहरू अब बन्ने नयाँ सरकारले विवेक पुर्‍याएर गर्नुपर्नेमा जोड दिँदै आफूले यस्ता गलत गतिविधिमाथि निरन्तर निगरानी राख्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्री कार्कीको यो कदमको अहिले चौतर्फी आलोचना भइरहेको छ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...