नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

Author

सजिलो पत्रिका

२०८२ फागुन २७, बुधबार

27
Share
Featured
  • नेप्से परिसूचक ४६.७८ अङ्कले घटेर २,७९६.५७ बिन्दुमा पुगेको छ, जुन १.६४ प्रतिशतको गिरावट हो।
  • आज ३२९ कम्पनीका ३.६० करोड कित्ता शेयर कारोबार हुँदा कुल १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
  • म्युचुअल फण्ड उपसूचक मात्र बढ्यो, अन्य सबै घटे; सलपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लाग्दा कालिका पावरको मूल्य सबैभन्दा बढी ८.४७% घट्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो ।

आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक लाख १५ हजार ५५० पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १८ करोड दुई लाख ५५ हजार १५७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ४७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी रिदीपावर कम्पनी लिमिटेडको रु ८५ करोड ९४ लाख ५० हजार ३९४ बराबरको २४ लाख ३७ हजार ३३० बराबरको कारोबार भएको छ ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...