अबको प्रधानमन्त्री बालेन नै हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन- राजुनाथ पाण्डे

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

20
Share
Featured
  • काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले बालेन्द्र शाह (बालेन) नै अबको प्रधानमन्त्री हुने दाबी गरेका छन्।
  • उपसभापति डीपी अर्यालको अभिव्यक्तिलाई ‘गैरजिम्मेवार’ भन्दै पाण्डेले पार्टीको आधिकारिक लाइनविपरीत नबोल्न चेतावनी दिएका छन्।
  • उनले रास्वपाका नेताहरूलाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको आधिकारिक धारणा बाहिर नजान आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै अबको प्रधानमन्त्री हुने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले पार्टीको आधिकारिक निर्णय र लाइनविपरीत अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई कडा चेतावनी दिए।

पार्टीका उपसभापति डीपी अर्यालले बालेनलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे आफूलाई जानकारी नभएको भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै पाण्डेले त्यसलाई 'गैरजिम्मेवार' भनेका छन्। "यदि उहाँले त्यसो भन्नुभएको हो भने त्यो गैरजिम्मेवार कुरा हो, जुन जनताले सहँदैनन्," उनले भने, "रास्वपाले जे बोल्छ, त्यही गर्छ। हाम्रो प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह नै हो, यसमा कुनै भ्रम नरहोस्।"

सांसद पाण्डेले पार्टीका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट नभएको स्पष्ट पार्दै मिडियामा बोल्दा संयमित हुन र पार्टीको आधिकारिक धारणाभन्दा बाहिर नजान आग्रह गरे। उनले व्यक्तिपिच्छे फरक–फरक धारणा आउँदा जनतामा गलत सन्देश जाने भन्दै नेतृत्वलाई सचेत गराएका छन्।

यो समाचारमा

राजुनाथ पाण्डेकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...