वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयको आग्रह,बिहान र बेलुका बाहिर ननिस्कनू

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

27
Share
Featured
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यका र देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
  • बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र दम–खोकीका दीर्घरोगीहरूलाई घरबाहिर ननिस्कन वा अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिइएको छ।
  • प्रदूषणको मुख्य कारण वन डढेलो, पुराना गाडीको धुवाँ, उद्योग र निर्माण कार्य रहेको र यस्तो अवस्था अझै एक हप्तासम्म रहन सक्ने अनुमान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढेकाले विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदूषणका कारण मुटु, फोक्सो, आँखा र मिर्गौलामा गम्भीर समस्या देखिन सक्ने भन्दै सचेत रहन अपिल गरेका हुन्।

मन्त्रालयले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र दम खोकीका दीर्घरोगीहरूलाई सकभर बाहिर ननिस्कन अनुरोध गरेको छ। सबै नागरिकलाई बिहान र बेलुकाको समयमा घरबाहिर नजान र निस्कनै परे अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरिएको छ।

वनमा लागेको डढेलो, पुराना गाडीको धुवाँ, उद्योग र निर्माण कार्यका कारण प्रदूषण बढेको हो। काठमाडौँको आकाश धुम्मिएको र घाम लाग्न नसकेको यो अवस्था अझै एक हप्तासम्म रहन सक्ने मन्त्रालयको अनुमान छ। वातावरण विभागका अनुसार काठमाडौँ र पोखरा जस्ता ठूला सहरहरूमा मसिना धुलोका कणहरूको मात्रा निकै उच्च देखिएको छ।

यो समाचारमा

काठमाडौँस्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...