वैकिल्पिक राजनीति

रास्वपामा 'डाक्टरै डाक्टर': सेतो कोट फुकालेर नीति निर्माणको यात्रामा

Author

सस्मिता सुनार

२०८२ फागुन २५, सोमबार

36
Share
Featured

नेपालमा अहिले पनि यस्ता ठाउँहरु छन्, जहा सिटामोल अभावले जनता छट्पटाइरहेका छन् । अब डाक्टरै डाक्टर जनप्रतिनिधि भएको संसदले दूर दराजका स्वास्थ्य समस्या हल गरोस् । र, आशा गरौँ पाँच वर्षे कार्यकालभित्रै यो संसदले यो गुनासो शून्यमा झार्ने काम गर्नेछ ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ। नेपाली समाजमा एउटा बुझाइ छ, डाक्टर भन्ना साथ बिरामीको उपचार गर्नका लागि सेतो लुगा एप्रोन लगाएर हस्पिटलका वार्डहरुमा दौडने मान्छे । तर, डाक्टर भनेको कुनै पनि विषयमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट विज्ञता हासिल गरेकाहरुले पनि नामका अघिल्तिर डाक्टर लेख्ने गर्दछन् । सम्बोधन गर्ने वा डाक्नेहरुले पनि डाक्टसाब भन्ने गर्दछन् । अहिले भने अवस्था  फेरिएको छ । बिरामीको उपचारमा मात्र होइन डाक्टरले देशको नीति निर्माणमा समेत कैँची चलाउने भएका छन् । हालै भएको प्रतिनिधि सभा निर्वाचनमा एउटै पार्टीबाट ६ जना डाक्टर निर्वाचित भएका छन् । रोचक त के भने, ती एउटै पार्टी रास्वपाबाट निर्वाचित भएका हुन । केही वर्ष यता गरिएको वैकिल्पिक राजनीतिक शक्तिको अभ्यास रास्वपामा आएर सफल भएको छ । त्यसैको फलस्वरुप अस्पतालमा हुनुपर्ने डाक्टरहरु संसद पुगेका हुन् । 

विधायकी कामका लागि डा. तोसिमा कार्की, डा. लेखजंग थापा,  जनस्वास्थ्यविज्ञ आनन्द बहादुर चन्‍द, दृष्टिरोग विशेषज्ञ दीपक कुमार साह, शम्भु कुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसदका रूपमा संघीय संसदको तल्लो सदनप्रतिनिधि सभाको सदस्य निर्वाचित भएका छन् ।  

चिकित्सा पेशाबाट आएकाहरुले स्वास्थ्य प्रणालीमा देखिएका वास्तविक समस्याहरुको नीतिगत समाधानका लागि नीति पारित गर्न पहल गर्ने अपेक्षा साधारणजनले गरेका छन् । अस्पतालमा पर्याप्त बेडको व्यवस्था, औषधि आपूर्तिको समस्या, ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको पदपूर्ति र आर्थिक विपन्नता कै कारण विरामीले झेल्नु परेका अनेक कष्टहरुको निवारण निकाल्ने कार्यमा डाक्टर विधायकहरु लाग्नु पर्नेमा आम नागरिकको जोड छ । 

को-को हुन् सदन पुग्ने 'डाक्टर' साहेबहरू ?


यसअघि पनि सांसद भइसकेकी डा. तोसिमा कार्की, उपचार मात्र पर्याप्त छैन, उपचार सम्भव हुने प्रणाली निर्माण गर्नेसोचले नीति बनाउने ठाँउमा गएको हो, भन्छिन् । २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएर स्वास्थ्य राज्यमन्त्रीको समेत अनुभव लिएकी डा. कार्की पुन सांसद बनेकी छन् । डा. कार्कीले ललितपुर–३ बाट पुनः संसदीय यात्रा तय गरेकी छन् ।  उनले ४३ हजार ९६ मतसहित फराकिलो मतले जित हासिल गरिन् ।  

ललितपुरकै नक्खुमा हुर्किएकी कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) गरेकी छन् ।

राजनीतिमा आउनुअघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गर्थिन् । सार्वजनिक जीवनमा उनी सत्याग्रही डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी पनि हुन् । त्यसक्रममा उनले कानुनी लडाइँ समेत लडिन् । उनकै अगुवाइमा दायर मुद्दामा सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका विषयमा केही निर्देशनात्मक आदेश पनि दिएको छ । उनले सम्रग देशको स्वास्थ्य समस्याको सम्बोधन गर्ने आम अपेक्षा छ । 


त्यस्तै रास्वपाबाटै सांसद बनेका अर्का डाक्टर जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्दले  भने पहिलोपटक संसदीय राजनीतिको बाटो तय गरेका छन् । कैलाली–५ बाट चुनावी मैदानमा होमिएका चन्दले नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० मतले पराजित गर्दै विजयी भएका हुन् । चन्दले ३१ हजार ९५३ मतका साथ प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी शाहले ११ हजार ९५८ मत ल्याए । चन्दले त्रिभुवन विश्वविद्यालय पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष उपप्राध्यापकका रूपमा काम गरे ।

चन्द नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता पनि हुन् । जनस्वास्थ्यमा असर गर्ने सुर्ती तथा चुरोट खपत कम गराउने दिशामा उनले लामो समयदेखि अभियान सञ्चालन गर्दै आएका छन् । जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँग सहकार्यमा पीएचडी पूरा गरेका उनी शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा  राम्रो विज्ञता छ । चन्दले स्थानीय स्तरका स्वास्थ्य समस्यालाई राम्ररी नियालेका छन् । स्वास्थ्य सेवा र समाजिक उत्तरदायित्व दुवै क्षेत्रमा परिचित छन् ।


त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. शम्भु यादव सांसद बनेका छन् । सिराहाबाट–३ बाट ३२ हजार २४९ मत ल्याएर यादव विजय भएका हुन् । ४० वर्षीय डा. यादव पनि स्थानीय स्तरमा स्वास्थ्य सेवा र समाजिक उत्तरदायित्व दुवै क्षेत्रमा परिचित छन् । उनले विद्यालय तहको शिक्षा सिरहा नगरपालिका–१६ मा रहेको लालजी–शकुन्तला माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । त्यसपछि यादव सिरहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमा मार्फत सेवा दिँदै आएका थिए ।


रास्वपाबाटै निर्वाचित अर्का सांसद दृष्टिरोग विशेषज्ञ दीपककुमार साह ले महोत्तरी–२ बाट  १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीको भोट बैंक तोडे । साह ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत ल्याए । ३३ वर्षीय साहको महोत्तरी गाउँपालिका नै स्थायी ठेगाना हो । उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् । यसभन्दा अगाडि उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए ।


रास्वपाबाटै निर्वाचित अकी सांसद आशा झाले १६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा गाउँ–टोलका बिरामी, गर्भवती आमा र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित समुदायसँगै काम गरिेन् । अब उनले  संसद्को यात्रा तय गरेकी छन् । मोरङ–५ मा रास्वपाबाट उम्मेदवारी दिएकी झाले ३१ हजार ४३४ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५ मत पाए । झन्डै २१ हजारको फराकिलो मतान्तरले जित निकाल्दा क्षेत्रका अन्य चर्चित उम्मेदवारहरूको प्रभाव मतपरिणाममा खासै देखिएन । जनस्वास्थ्यमा स्नातक गरेकी उनले विराटनगर महानगरपालिकामा दशकौं लामो समय स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरेकी छन् ।  


अर्का वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले पनि रुपन्देही  क्षेत्र नम्बर–३ बाट संसदको यात्रा तय गरेका छन् । डा. थापाले ५८ हजार ८१४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याए ।  डा. थापाले एमडी (आन्तरिक चिकित्सा) र डीएम (न्युरोलोजी) अध्ययन पूरा गरेका छन् । क्लिनिकल सेवासँगै अनुसन्धान, नेतृत्व र जनस्वास्थ्य उनको मुख्य चासोका क्षेत्र हुन् । गत कार्तिकमा हुने भनिएको उपनिर्वाचनमा पनि थापालाई रास्वपाले उम्मेदवार बनाएको थियो । २१ फागुनको चुनाव घोषणा लगत्तै रास्वपाले सो क्षेत्रमा थापालाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो । 


नेपालमा अहिले पनि यस्ता ठाउँहरु छन्, जहा सिटामोल अभावले जनता छट्पटाइरहेका छन् । अब डाक्टरै डाक्टर जनप्रतिनिधि भएको संसदले दूर दराजका स्वास्थ्य समस्या हल गरोस् । र, आशा गरौँ पाँच वर्षे कार्यकालभित्रै यो संसदले यो गुनासो शून्यमा झार्ने काम गर्नेछ ।

यो समाचारमा

आनन्द बहादुर चन्‍दआशा झाडा. तोसिमा कार्कीकाठमाडौँ
डा. लेखजंग थापा7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...