भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

23
Share
Featured
  • रास्वपाका राजीव खत्री ४२,३३३ मतसहित भक्तपुर–२ बाट विजयी भए।
  • उनले नेकपा एमालेका महेश बस्नेतलाई ३१,६१६ मतान्तरले पराजित गरे। बस्नेतले १०,७१७ मत पाए भने कांग्रेसका कवीर राणा तेस्रो स्थानमा रहे।
  • बस्नेतले परिणाम आउनुअघि नै हार स्वीकार गरे, र भक्तपुर–२ मा रास्वपाको जितलाई एमालेको बलियो गढ भत्किएको रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री भारी मतान्तरसहित विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्री ४२ हजार ३३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता महेश बस्नेतलाई ३१ हजार ६१६ को फराकिलो मतान्तरले पराजित गरे। बस्नेतले १० हजार ७१७ मत मात्र प्राप्त गरे। यस्तै, नेपाली काँग्रेसका कवीर राणा ८ हजार ३०५ मतसहित तेस्रो स्थानमा रहे।

यस क्षेत्रबाट निरन्तर जित्दै आएका र यसपटक पनि जितको बलियो दाबी गरेका बस्नेतले अन्तिम परिणाम आउनुअघि नै हार स्वीकार गर्दै खत्रीलाई शुभकामना दिएका थिए। भक्तपुर–२ मा रास्वपाको यो जितलाई एमालेको बलियो गढ तोडिएको र राजनीतिक फेरबदलको रूपमा हेरिएको छ।

यो समाचारमा

काठमाडौँराजीव खत्रीनेपाली काँग्रेसभक्तपुर
राष्ट्रिय स्वतन्त्र पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...