काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ पराजित

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

26
Share
Featured
  • काठमाडौं–३ बाट रास्वपाका राजुनाथ पाण्डे १८,७५७ मतसहित विजयी भएका छन्।
  • उनका निकटतम प्रतिस्पर्धी कुलमान घिसिङले ११,१७१ मत पाउँदा पाण्डेले ७,५८६ मतान्तरले जित हासिल गरे।
  • नेपाली कांग्रेसका रमेश अर्याल ६ हजार मतसहित तेस्रो स्थानमा रहे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपालका अध्यक्ष एवं पूर्व उर्जामन्त्री कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे। पाण्डे र घिसिङबीच ७ हजार ५८६ मतको अन्तर रहेको छ।

यस्तै, नेपाली काँग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन्। सुरुवाती चरणदेखि नै अग्रता लिएका पाण्डेले अन्तिम नतिजासम्म आफ्नो पकड कायम राख्दै संसदको यात्रा तय गरेका हुन्। यहाँ औपचारिक घोषणाको तयारी भइरहेको छ।

यो समाचारमा

कुलमान घिसिङकाठमाडौँप्रतिनिधि सभाराजुनाथ पाण्डे
राष्ट्रिय स्वतन्त्र पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...