उपत्यकामा सवारी पास नभएका गाडीलाई रोक, अत्यावश्यक सेवा भने सुचारु

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

21
Share
Featured
  • निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सवारी पास नभएका गाडीहरूको आवागमन काठमाडौं उपत्यकामा रोकिएको छ।
  • एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सामग्री बोकेका सवारी भने सञ्चालन गर्न अनुमति दिइएको छ।
  • प्रतिनिधिसभाका २७५ सिटका लागि देशभर मतदान भइरहेकाले सवारी व्यवस्थापनमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सवारी पास नभएका सवारी साधनको आवागमनमा रोक लगाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार निर्वाचन आचारसंहिता विपरीत चलेका सवारी साधनलाई नियन्त्रणमा लिएर 'होल्ड' गरिएको छ।

प्रहरीले एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने निर्वाध चल्न दिएको छ। यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने-आउने यात्रुहरूलाई आवश्यक प्रमाण र कारण हेरेर सहजीकरण भइरहेको एसएसपी अधिकारीले जानकारी दिए।

आज देशभर प्रतिनिधिसभाका २७५ सिटका लागि मतदान भइरहेको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सवारी आवागमनमा कडाइ गरिएको प्रहरीको भनाइ छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...