नयाँ बानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

40
Share
Featured
  • काठमाडौँको नयाँ बानेश्वरस्थित मिनभवनमा मंगलबार बिहान टिपरले ठक्कर दिँदा ४८ वर्षीय स्कुटर चालक बद्री कोइरालाको मृत्यु भयो।
  • दुर्घटना बिहान पौने ९ बजे सिभिल अस्पताल अगाडि भएको थियो, गम्भीर घाइते कोइरालालाई अस्पताल पुर्‍याएपछि मृत घोषणा गरियो।
  • टिपर र चालक २६ वर्षीय विकास थापालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँको नयाँ बानेश्वरस्थित मिनभवनमा मंगलबार बिहान टिपरको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको इनरुवा–५ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षीय बद्री कोइराला रहेका छन्।

बिहान पौने ९ बजेतिर सिभिल अस्पताल अगाडि बिजुलीबजारबाट तिनकुनेतर्फ जाँदै गरेको बा २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले प्रदेश ३-००१ ब ९४५ नम्बरको सरकारी स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक २६ वर्षीय विकास थापालाई नियन्त्रणमा लिएको छ। थापा गोरखाको भूमिचोक स्थायी घर भई हाल काठमाडौँको पेप्सीकोला बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

भक्तपुरसुनसरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...