आचारसंहिता पालनामा रास्वपा उम्मेदवारको आचरण मर्यादित-केन्द्रीय अनुशासन आयोग

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

24
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेको निष्कर्ष निकालेको जनाएको छ, केही छिटफुट घटनाबाहेक समग्र आचरण मर्यादित र जिम्मेवार रहेको दाबी गरिएको छ।
  • केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल द्वारा जारी विज्ञप्तिमा निर्वाचन आयोग र पार्टीले जारी गरेका आचारसंहिताको समुचित पालना भइरहेकोमा सन्तोष व्यक्त गरिएको छ।
  • आगामी कार्यक्रमहरू अझ सौहार्दपूर्ण र कानुनसम्मत ढङ्गले सञ्चालन गर्न प्रतिबद्धता जनाउँदै पार्टीले उम्मेदवारहरूलाई प्रचलित कानुन र आचारसंहिताको पूर्ण परिपालना गर्न निर्देशन दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले गरेको प्रारम्भिक अध्ययनअनुसार, केही छिटफुट घटनाबाहेक हालसम्म उम्मेदवारहरूले मर्यादित, अनुशासित र जिम्मेवार आचरण प्रदर्शन गरेका छन्।

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तिमा निर्वाचन आयोग र पार्टी स्वयंले जारी गरेका आचारसंहिताको समुचित पालना भइरहेकोमा सन्तोष व्यक्त गरिएको छ। आगामी निर्वाचनका कार्यक्रम तथा गतिविधिहरूलाई अझ बढी सौहार्दपूर्ण र कानुनसम्मत ढङ्गले अघि बढाउन उम्मेदवारहरू प्रतिबद्ध रहनेमा आयोगले विश्वास व्यक्त गरेको छ। रास्वपाले आफ्ना उम्मेदवारहरूलाई प्रचलित कानुन र आचारसंहिताको पूर्ण परिपालना गर्न निर्देशन समेत दिएको छ।


यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...