यूएईमा इरानी ड्रोन हमलामा परी गोरखाका दिवस श्रेष्ठको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

25
Share
Featured
  • संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी ड्रोन हमलामा परी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ को मृत्यु भएको छ।
  • विस्फोट अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको थियो; मृतक श्रेष्ठ त्यहाँको ‘मिडिल इस्ट’ कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए।
  • नेपाली दूतावासले युद्धग्रस्त र असहज परिस्थितिबाट सुरक्षित रूपमा श्रेष्ठको पार्थिव शरीर नेपाल ल्याउन सहजीकरण गर्ने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

इरानले संयुक्त अरब इमिरेट्स (यूएई) मा गरेको ड्रोन हमलामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्।

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको विस्फोटमा श्रेष्ठको ज्यान गएको यूएईको परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी दिएको छ। मृतक श्रेष्ठ त्यहाँको 'मिडिल इस्ट' कम्पनीमा सुरक्षागार्ड (सेक्युरिटी गार्ड) का रूपमा कार्यरत थिए।

नेपाली दूतावासले हालको युद्धग्रस्त र असहज परिस्थिति केही सहज हुनासाथ श्रेष्ठको पार्थिव शरीरलाई नेपाल पठाउन आवश्यक सहजीकरण गर्ने जनाएको छ। इरान र यूएईबीच बढ्दो सैन्य तनावका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरू समेत जोखिममा पर्न थालेका छन्।

यो समाचारमा

इरानकाठमाडौँसंयुक्त अरब इमिरेट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...