मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

26
Share
Featured

काठमाडौँ

संयुक्त राज्य अमेरिकाइजरायलले इरानमाथि संयुक्त रूपमा मिसाइल आक्रमण जारी राखिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले इजरायल, बहराइनसंयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इजरायल, बहराइन र युएईका नेताहरूसँग कुराकानी गरेको र टेक्सासको अष्टिन सहरमा भएको गोलीकाण्डबारे पनि जानकारी लिएको बताइन् । पश्चिम एशियामा बढ्दो तनावका बीच अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन÷अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण इरानमाथि गरेका छन् । आक्रमणपछि तेहरानसहित विभिन्न प्रमुख सहरहरूमा विस्फोटका घटनाहरू भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी सरकारी सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी आक्रमणमा मारिएको दाबी गरेका छन् । उनीसँगै उनकी छोरी, नाति÷नातिनी, बुहारी र ज्वाइँ पनि मारिएको उल्लेख गरिएको छ ।

इरानले प्रतिकारस्वरूप बहराइन, युएई तथा अन्य खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । यसैबीच युएई रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको ठूलो इरानी आक्रमणपछि आफ्ना वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले उल्लेख्य संख्यामा हवाई खतरा निष्क्रिय पारेको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १६५ वटा ब्यालिस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनलाई निष्क्रिय पारिएको छ । उक्त जानकारी भारतीय दूतावास अबुधाबीले समेत पुनःसाझा गरेको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा खामेनीको मृत्यु ‘इरानी जनताका लागि न्याय’ भएको उल्लेख गर्दै लक्ष्य प्राप्त नभएसम्म ‘सटीक बमबारी’ निरन्तर जारी रहने चेतावनी दिएका छन् ।

यसैबीच, टेक्सासको अष्टिनस्थित एक चर्चित बारमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको र १४ जना घाइते भएको सिबिएस न्युजले जनाएको छ । आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएको बताइएको छ । मध्यपूर्वमा चुलिँदो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर चिन्तामा पारेको छ । एएनआई

यो समाचारमा

इजरायलसंयुक्त राज्य अमेरिकाइरानकाठमाडौँ
संयुक्त अरब इमिरेट्स7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...