छुट्टै बैंक खाता

रास्वपा, एमालेसहितका दलले अझै खोलेनन् बैंंक खाता

Author

सजिलो पत्रिका

२०८२ फागुन १५, शुक्रबार

17
Share
Featured

 हालसम्म एक हजार ६७० उमेदवारले मात्र छुट्टै बैंक खाता खोलेका छन् ।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलले भने छुट्टै खाता सञ्चालनका निम्ति अझै सिफारिस लिएका छैनन् ।

यसपालि प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४६० उमेदवार प्रतिस्पर्धामा छन् ।

६१ चुनाव चिह्नमा ६५ राजनीतिक दल मैदानमा छन् ।

समाचार सारांशGenerated using AI.

काठमाडौं । आसन्न प्रतिनिधि सभा  चुनावी प्रचारप्रसारका गर्नका लागि निर्वाचन आयोगबाट ११ राजनीतिक दलले मात्र छुट्टै बैंक खाता खोल्न सिफारिस लिएका छन् । ११ दलले मात्र  सिफारिस लिएका आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले  सजिलो पत्रिकालाई जानकारी दिए ।

यस अघि नै आयोगले चुनावी प्रचारका निम्ति दल र उमेदवारलाई छुट्टै बैंक खाता खोल्न भनेको थियो । तर, अहिले सम्म जम्माभट्टराईका अनुसार, हालसम्म एक हजार ६७० उमेदवारले मात्र छुट्टै बैंक खाता खोलेका छन् । कतिपय दलहरूले आयोगको निर्देशन अटेर गरेका हुन् ।

आयोगको निर्देशनबमोजिम हालसम्म नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टीले आयोगबाट सिफारिस लिएका छन् ।

यस्तै, जनता समाजवादी पार्टी, संयक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले पनि छुट्टै बैंक खाता खोल्न आयोगबाट सिफारिस लिएका छन् । 

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलले भने छुट्टै खाता सञ्चालनका निम्ति अझै सिफारिस लिएका छैनन् ।आयोगले चुनावी प्रचारको खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्न भनेको थियो । यो विषय निर्वाचन आचारसंहितामा नै उल्लेख छ ।  

यसपालि प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४६० उमेदवार प्रतिस्पर्धामा छन् । ६१ चुनाव चिह्नमा ६५ राजनीतिक दल मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...