नेपालमा स्मार्टफोन आयातमा चीनको वर्चस्व बढ्दै, भारतबाट आयात घट्दो

Author

सजिलो पत्रिका

२०८२ फागुन १४, बिहिबार

26
Share
Featured

काठमाडौँ

पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन उत्पादन हुँदै आए पनि नेपालमा भने चीनबाट हुने आयातको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिएको छ । भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकले चीनबाट आयात भएका स्मार्टफोनको हिस्सा अझै बढेको पुष्टि गरेको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा चीनबाट मात्रै १२ लाख ४ हजार ५७७ ओटा स्मार्टफोन आयात भएका छन् ।

यो संख्या उक्त अवधिमा आयात भएका कुल स्मार्टफोनको ८५.१३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ९ लाख ५३ हजार २१६ थान स्मार्टफोन आयात भएका थिए, जुन कुल आयातको ७७.५० प्रतिशत थियो ।

गत आर्थिक वर्षको पहिलो सात महिनामा कुल १२ लाख २९ हजार ९५७ ओटा स्मार्टफोन आयात भएका थिए । तर चालू आर्थिक वर्षको सोही अवधिमा कुल आयात १४ लाख १४ हजारभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै २ लाखले बढी हो । चिनियाँ ब्रान्डहरू जस्तै साओमी, भिभो, ओप्पो, अनर र रियलमिका साथै अमेरिकी एप्पल तथा दक्षिण कोरियाली ब्रान्ड सामसुङका केही मोडेलहरू भारतमै एसेम्बल हुने भए पनि भारतबाट नेपालमा हुने आयात घट्दो क्रममा रहेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट २ लाख ७२ हजार ६६ ओटा स्मार्टफोन आयात भएका थिए । तर चालू आर्थिक वर्षको सोही अवधिमा भारतबाट २ लाख ४ हजार ६५८ ओटा मात्रै स्मार्टफोन भित्रिएका छन्, जुन कुल आयातको १४.४६ प्रतिशत मात्र हो ।

विगतमा भियतनामबाट पनि नेपालमा ठूलो परिमाणमा स्मार्टफोन आयात हुने गरेको थियो । यता भारत सरकारले चालू आर्थिक वर्ष २०२६÷२७ को बजेटमार्फत इलेक्ट्रोनिक उद्योग प्रवद्र्धनका लागि सरकारी बजेट वृद्धि गरेको भए पनि त्यसको प्रभाव नेपाली बजारमा भने हालसम्म स्पष्ट देखिएको छैन । यसरी समग्रमा स्मार्टफोनको कुल आयात बढिरहेको अवस्थामा चीनको बजार हिस्सा झन् सुदृढ बन्दै गएको छ भने भारतबाट हुने आयातको अनुपात घट्दै गएको तथ्यांकले देखाएको छ ।

यो समाचारमा

भारतभियतनामकाठमाडौँचीन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...