वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

Author

सजिलो पत्रिका

२०८२ फागुन १४, बिहिबार

21
Share
Featured

काठमाडौँ

आइसिसी टी–२० विश्वकप २०२६ को सुपर–८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ ।

बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि नौ विकेटको शानदार जित निकालेको हो ।

वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।

दक्षिण अफ्रिकाका लागि कप्तान तथा ओपनर एडिन मक्रमले नटआउट ८२ रन र रयान रिकेल्टनले नटआउट ४५ रन बनाए । मक्रमले ४६ बल खेलेर ७ चौका र ४ छक्का तथा रिकेल्टनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि अर्का ओपनर क्वान्टन डि कक २४ बलमा समान ४–४ चौका र छक्का प्रहार गर्दै ४७ रन जोडेर आउट भएका थिए ।

चौथो ओभरमा महत्वपूर्ण चार विकेट गुमाएको वेस्ट इन्डिज १०.२ ओभरमा ७ विकेट गुमाएर ८३ रनमा थियो ।

त्यसपछि वेस्ट इन्डिजका लागि जेसन होल्डर र रोमारियो शेफर्डले आठौं विकेटका लागि ८९ रनको साझेदारी गरे। जसका कारण उसले ८ विकेटको क्षतिमा १७६ रन बनायो ।

होल्डरले ३१ बलमा ४९ रन र शेफर्डले ३७ बलमा नटआउट ५२ रन बनाए । होल्डरले ४ चौका र ३ छक्का तथा होल्डरले ३ चौका र ४ छक्का प्रहार गरेका थिए । बलिङमा दक्षिण अफ्रिकाका लुङगी एनगिडीले ३ विकेट लिँदा कागिसो रबडा र कोर्विन बोचले २–२ विकेट लिए । एनगिडी र रबडा दुवैले चार ओभरभित्रै २–२ विकेट लिएका थिए ।

यो जितसँगै दक्षिण अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ । सुपर आठमा दोस्रो जित निकालेको अफ्रिकाले यसअघि भारतमाथि ७६ रनको एकतर्फी जित निकालेको थियो ।

यो समाचारमा

दक्षिण अफ्रिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...