टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपिओ फागुन २७ देखि खुल्ने

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

32
Share
Featured
  • टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ देखि ४२ लाख ३० हजार ६६८ कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ।
  • पहिलो चरणमा भोजपुरका स्थानीयलाई १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३ हजार ६७ कित्ता छुट्याइएको छ।
  • बाँकी सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि खुला हुनेछ, न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आगामी फागुन २७ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर जारी गर्न लागेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ४२ लाख ३० हजार ६६८ कित्ता आइपिओ निष्कासनको अनुमति पाएको छ। जसमध्ये पहिलो चरणमा स्थानीयका लागि १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ३ हजार ६७ कित्ता सेयर छुट्याइएको छ। यसबाहेक सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कर्मचारीका लागि ६० हजार ६१३ कित्ता सुरक्षित गरिएको छ। बाँकी २५ लाख १५ हजार ४५५ कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री गरिनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत १ गतेसम्म र स्थानीय बासिन्दाले चैत ११ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो समाचारमा

काठमाडौँनेपाल धितोपत्र बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...