बालेन शाहले सार्वजनिक गरे ‘झापा–५ वाचा पत्र’, शिक्षा र सुशासनलाई मुख्य प्राथमिकता

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

24
Share
Featured
  • बालेन्द्र शाह (रास्वपा) ले ‘झापा–५ वाचा पत्र’ सार्वजनिक गर्दै संघीय सांसदका रूपमा आगामी पाँच वर्षका प्राथमिकता र योजनाको खाका प्रस्तुत गरेका छन्।
  • शिक्षा (विशेषगरी विपन्न बालबालिकाका लागि गुणस्तरीय शिक्षा सुनिश्चितता), पूर्वाधार, कृषि, रोजगारी, महिला–बालबालिका, पर्यटन र उद्योगलाई मुख्य प्राथमिकतामा राखिएको छ।
  • खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण, सुशासन तथा कला–संस्कृति प्रवर्द्धनमार्फत झापा–५ को समग्र विकास र जीवनस्तर सुधार गर्ने प्रतिबद्धता जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी घोषणापत्र ‘झापा–५ वाचा पत्र’ सार्वजनिक गरेका छन्। उनले संघीय सांसदको रूपमा आगामी पाँच वर्षभित्र गर्ने कामहरूको विस्तृत खाका यसमा समेटेका छन्।

बालेनले आफ्नो वाचा पत्रमा शिक्षा, पूर्वाधार, कृषि, रोजगारी, महिला तथा बालबालिका, पर्यटन र उद्योग क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छन्। विशेषगरी गरिब तथा विपन्न परिवारका बालबालिकाले गुणस्तरीय शिक्षा पाउने अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने उनको प्रमुख प्रतिबद्धता छ।

यसका साथै खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण, सुशासन र कला–संस्कृतिको प्रवर्द्धनका लागि पनि उनले बुँदागत योजनाहरू अघि सारेका छन्। झापा–५ को समग्र विकास र नागरिकको जीवनस्तर सुधारका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।



यो समाचारमा

काठमाडौँझापाबालेन्द्र शाह (बालेन)प्रतिनिधि सभा
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...