रवि लामिछाने प्युठान पुगेको भोलिपल्टै रास्वपा नगर सदस्य एमाले प्रवेश

Author

सजिलो पत्रिका

२०८२ फागुन १०, आइतबार

17
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका नगर सदस्य सूर्यबहादुर गैरेले पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन्, रास्वपा सभापति रवि लामिछाने को भ्रमणपछि यो निर्णय आएको हो।
  • एमाले उम्मेदवार सूर्य थापा लगायतका नेताहरूले गैरेलाई स्वागत गरेका छन्; प्रवेश गर्दै उनले रास्वपामाथि गम्भीर आरोप लगाएका छन्।
  • निर्वाचनको मुखमा स्थानीय नेताको पार्टी परिवर्तनले प्युठानमा रास्वपाको अभियानमा धक्का पुगेको र एमालेतर्फ उत्साह बढेको दाबी गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्युठानका नगर सदस्य सूर्यबहादुर गैरे नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। रास्वपा सभापति रवि लामिछाने चुनावी अभियानका लागि प्युठान पुगेर फर्किएको भोलिपल्टै गैरेले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन्।

एमाले प्रवेश गरेका गैरेलाई प्युठानका एमाले उम्मेदवार सूर्य थापा लगायतका नेताहरूले पार्टीमा स्वागत गरे। एमाले प्रवेश गर्दै गैरेले रास्वपामाथि गम्भीर आरोप लगाएका छन्। उनले रास्वपालाई 'देश बनाउने नभई खरानी बनाउने पार्टी' को संज्ञा दिँदै ऐतिहासिक सम्पदाहरू नष्ट गरेको दाबी गरे।

निर्वाचनको मुखमा स्थानीय नेताले पार्टी छाडेर एमाले रोजेपछि प्युठानमा रास्वपाको चुनावी अभियानमा धक्का पुगेको छ भने एमालेको पक्षमा थप उत्साह देखिएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...