पूर्वराजाको अभिव्यक्तिले अन्योल बढायो, अन्योल हटाऊ-गोकुल बास्कोटा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०७, बिहिबार

18
Share
Featured
  • गोकुल बास्कोटा ले प्रजातन्त्र दिवसको अवसरमा वर्तमान राजनीतिक प्रणालीप्रति चिन्ता व्यक्त गर्दै पूर्वराजाको पछिल्लो अभिव्यक्तिले देशमा अन्योल बढाएको टिप्पणी गरेका छन्।
  • उनले ज्ञानेन्द्र शाह ले राष्ट्रिय सहमतिबिनाको निर्वाचनमाथि प्रश्न उठाएको सन्दर्भमा “न चुनाव न पुनर्स्थापना?” भन्दै स्पष्टता आवश्यक रहेको बताएका छन्।
  • परिवर्तन संस्थागत गर्न नसक्ने दीर्घ समस्याका कारण प्रणाली अस्थिर बनेको उल्लेख गर्दै जडता र अस्थिरता अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै वर्तमान राजनीतिक प्रणाली र पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत बास्कोटाले देश निर्वाचनको तयारीमा रहेका बेला पूर्वराजाले उठाएको प्रश्नले थप अन्योल सिर्जना गरेको टिप्पणी गरेका हुन्।

बास्कोटाले परिवर्तन भए पनि त्यसलाई संस्थागत गर्न नसक्ने 'दीर्घ रोग' ले मुलुकलाई नछाडेको भन्दै प्रणाली स्थिर हुन नसकेकोमा चिन्ता व्यक्त गरे। पूर्वराजा शाहले बुधबार राष्ट्रिय सहमतिबिना निर्वाचनमा जानु उपयुक्त नहुने भनी दिएको सन्देशलाई लक्षित गर्दै बास्कोटाले लेखेका छन्, "देश चुनावमय छ तर पूर्वराजाले चुनावबारे नै गम्भीर प्रश्न उठाएपछि अब के? न चुनाव न पुनस्थापना? अन्योल हटाऊ।" उनले प्रणालीमा देखिएको जडता र अस्थिरता अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)गोकुलप्रसाद बास्कोटाज्ञानेन्द्र शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...