टी-२० विश्वकपको सुपर-८ समीकरण पूरा, शनिबारदेखि सुरु हुँदै अर्को चरण

Author

सजिलो पत्रिका

२०८२ फागुन ०७, बिहिबार

22
Share
Featured
  • आईसीसी टी‑२० विश्वकप २०२६ को सुपर-८ चरणमा भारत, पाकिस्तान, श्रीलंका, जिम्बाबे, वेस्ट इन्डिज, इङ्गल्याण्ड, दक्षिण अफ्रिका र न्युजिल्याण्ड पुगेका छन्।
  • नेपालले स्कटल्याण्डलाई हराउँदै १२ वर्षपछि विश्वकप जित निकाले पनि समूह चरण पार गर्न सकेन, जबकि अस्ट्रेलिया जस्तो बलियो टोली पनि बाहिरियो।
  • सुपर-८ का खेल शनिबारदेखि सुरु हुँदै उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

आईसीसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा पुग्ने सबै ८ टोलीको टुङ्गो लागेको छ। बुधबार भएको खेलमा पाकिस्तानले नामिबियालाई पराजित गरेसँगै अघिल्लो चरण पुग्ने टोलीहरूको समीकरण पूरा भएको हो।

सुपर-८ मा पुग्ने टोलीहरू:

समूह 'ए': भारत (अपराजित, ८ अंक) र पाकिस्तान।

समूह 'बी': श्रीलंका र जिम्बाबे। (बलियो टोली अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ)।

समूह 'सी': वेस्ट इन्डिज र इङ्गल्याण्ड। (नेपाल, स्कटल्याण्ड र इटाली बाहिरिएका छन्)।

समूह 'डी': दक्षिण अफ्रिका (८ अंक) र न्युजिल्याण्ड (६ अंक)।

यसपटकको विश्वकपमा नेपालले स्कटल्याण्डलाई पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित दर्ता गरेर इतिहास रचे पनि अघिल्लो चरण पुग्न भने सकेन।

सुपर-८ का खेलहरू आगामी शनिबारदेखि सुरु हुनेछन्। उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने तालिका छ। अबका खेलहरूमा ८ टोलीलाई दुई समूहमा विभाजन गरी सेमिफाइनलका लागि प्रतिस्पर्धा गराइनेछ।

यो समाचारमा

पाकिस्तानदक्षिण अफ्रिकानेपालकाठमाडौँ
भारत5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...