पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

20
Share
Featured
  • शिवरात्रिका बेला पशुपतिनाथ क्षेत्रमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको आरोपमा २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका छन्।
  • श्रेष्ठले सुरक्षार्थ खटिएका एक प्रहरीको छातीमा लात्ती प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको खोजी तीव्र बनाइएको थियो।
  • सर्वसाधारणको सूचनाको आधारमा पक्राउ गरिएका श्रेष्ठमाथि थप कानुनी कारबाही अघि बढाइएको जानकारी रमेश थापा ले दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काठमाडौंको चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार श्रेष्ठले पशुपतिमा सुरक्षार्थ खटिएका एक प्रहरीको छातीमा लात्तीले प्रहार गरेका थिए। उक्त कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सूचना जारी गर्दै आरोपी पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो।

सर्वसाधारणबाट प्राप्त सूचना र प्रहरीको अनुसन्धानका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको एसएसपी रमेश थापाले जानकारी दिए। पक्राउ परेका श्रेष्ठमाथि थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचारमा

मकवानपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...