रास्वपा मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टी छाडिन्

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

18
Share
Featured
  • प्रतिनिधिसभा निर्वाचनको १५ दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशमा आन्तरिक संकट देखिएको छ।
  • मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा ले आर्थिक अनियमितता र कार्यकर्ताको अवमूल्यनको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएकी छिन्।
  • प्रभावशाली नेतृको बहिर्गमनले मधेशमा पार्टीको चुनावी अभियान कमजोर हुने र आन्तरिक विवाद पुनः सतहमा आएको संकेत गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको १५ दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशमा ठूलो संकट देखिएको छ। पार्टीकी मधेश प्रदेश संस्थापक सभापति एवं केन्द्रीय महिला तथा सामाजिक विकास विभाग सदस्य ममता शर्माले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी हुन्।

शर्माले पार्टीभित्र इमानदार कार्यकर्ताको मूल्यांकन नभएको र नेतृत्वका निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको गम्भीर आरोप लगाएकी छिन्। राजीनामा पत्रमा उनले भनेकी छिन्, "आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकाले मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमा आँच आएको छ। यस्ता क्रियाकलापको साक्षी बसेर म अब मौन रहन असमर्थ छु।"

निर्वाचनको अन्तिम समयमा प्रभावशाली नेतृले पार्टी छाडेपछि मधेशमा रास्वपाको चुनावी अभियानमा गम्भीर धक्का पुग्ने देखिएको छ। यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको भन्दै रास्वपाका केही नेताहरूले पार्टी परित्याग गरेका थिए। शर्माको बहिर्गमनले रास्वपाभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याइदिएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँमधेश प्रदेशप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...