अज्ञात रोगबाट भेडा–बाख्रा मर्न थालेपछि स्वास्थ्यकर्मीको टोली गोठमा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०२, शनिबार

28
Share
Featured

काठमाडौँ

मुगुबासीको मुख्य आम्दानीको स्रोत पशु पालन हो । तर बिगत लामो समयदेखि सोरु गाउँपालिका वडा नम्बर १० र ११ का कृषकहरुले पाल्दै आएका भेडा–बाख्राहरु अज्ञात रोगको चपेटामा परेका छन् ।

पुस र माघ महिनामा अज्ञात रोगका कारण भेडा वाख्रा धमाधम मर्न थालेपछि स्वास्थ्यकर्मीहरु भेडी गोठहरुका उपचारका साथै रोगको पहिचान गर्न व्यस्त भएका छन् ।

‘हामी तीन पुस्तादेखि भेडा पालन गरेर घर खर्च चलाइरहेका छौं । ६० भेडाको टाउको र घाँटी सुनिने, रौं खुइलिने, छेर्ने, हिड्न गार्हो मान्ने गरेका छन् । घरेलु औषधी गरेपनि नभएपछि एग्रोभेटबाट उपचार भएपनि भेडा मर्ने गरेका छन् । प्रत्येक भेडीगोठबाट २० देखि ३० सम्म भेडा मरेपछि निराश बनाएको छ । हालसम्म कुनैपनि निकायबाट औषधी उपचार भएको छैन् । तर समाचार आएपछि जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय र प्रदेश प्रयोगशालाबाट औषधीसहितको टोली आएको छ । अब आशा जगाएको छ,’ कृषक पूर्ण बहादुर मल्लले बताए ।

पालिकाको पशु स्वास्थ्य टीम प्रभावित क्षेत्रमा पुगेर औषधी गरिरहेको छ भने गोठमा पुगेर रोगको बारेमा अनुसन्धान भइरहेको र अब रिपोर्ट आएपछि थप औषधी गर्ने सोरु गाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

विभिन्न टोलीको अध्ययनले १ सय ५० भन्दा बढी भेडाबाख्रा मरेको पाइएको छ । थप अध्ययन गरी ल्यापबाट रिपोर्ट आएपछि थाहा हुने जिल्ल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढाले बताए ।

यो समाचारमा

काठमाडौँमुगुसोरु गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...