सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ, मुख्य अभियुक्त रुन्चे मदन फरार

Author

सजिलो पत्रिका

२०८२ फागुन ०२, शनिबार

27
Share
Featured


वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरुलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं.१० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको बिन्दबासिनी गाउंपालिका–५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह , भारत विहार मोतिहारी रक्सौलका ४० वर्षीय प्रभु महतो, भागलपुर पोडियाका ३५ वर्षीय पृतम कुमार चौधरी रहेका छन् ।

गत माघ २६ गते बिहान विहान वीरगन्ज आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा भण्डारन गरिएको अबैध सामान नियन्त्रणमा लिन भएका सशस्त्र प्रहरी बल, वीरगन्ज भन्सार कार्यालयका प्रतिनिधि तथा सुरक्षाकर्मीको संयुक्त टोलीमाथि आक्रमण गरेको अभियोगमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादु बस्नेतले जानकारी दिए ।

उनले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि अनुसन्धान अगाडी बढाएको जानकारी दिए । घटनामा संलगन रहेका अन्य अभियुक्तहरुको खोजि कार्यभइरहेको छ भने मुख्य अभियुक्त मदन रुन्चे भनिने वीरगन्जको घडिअर्वा निवासी मदन गुप्ता फरार रहेको र उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

बिन्दबासिनी गाउंपालिकावीरगञ्ज महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...