
काठमाडौँवीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरुलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा...