सेयरबजारमा सामान्य सुधार, नेप्से ९ अंकले बढ्यो

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार

26
Share
Featured
  • बिहीबार नेप्से ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ र २ करोड ७७ लाख कित्ता सेयर किनबेच हुँदा उच्च कारोबार भएको छ।
  • १३९ कम्पनीको मूल्य बढ्दा ११५ कम्पनी घटे; मध्यभोटेकोशी जलविद्युत् सकारात्मक सर्किटमा रह्यो भने रसुवागढी, खानीखोला र श्रीनगर एग्रिटेकका लगानीकर्ताले पनि कमाए।
  • कालिञ्चोक दर्शन र रिडी पावरको मूल्य घट्यो; कारोबारमा ङादी ग्रुप पावर पहिलो र एसवाई प्यानल दोस्रो स्थानमा रहे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ करोड ७७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १२१ अर्ब १० करोड रुपैयाँ बराबरको उच्च कारोबार भएको छ।

आज कारोबार भएकामध्ये १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ। मध्यभोटेकोशी जलविद्युत् कम्पनीको मूल्यमा ९.९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै रसुवागढी हाइड्रो, खानीखोला हाइड्रो र श्रीनगर एग्रिटेकका लगानीकर्ताले पनि उल्लेख्य कमाएका छन्।

यता कालिञ्चोक दर्शनको मूल्य ७.५९ प्रतिशतले घटेको छ भने रिडी पावर कम्पनीको मूल्यमा पनि गिरावट आएको छ। कारोबारका आधारमा ७० करोडको कारोबारसहित ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो भने ४३ करोडको कारोबारका साथ एसवाई प्यानल दोस्रो स्थानमा रहेको छ।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...