काठमाडौँ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुशीला कार्की सोलुखुम्बुको नाम्चे पुगेकी छन् । आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावका लागि हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की नाम्चे पुगेकी हुन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार नाम्चेमा स्थानीय र सरकारी अधिकारीहरूसँग अन्तरक्रिया हुने भनिएको छ । प्रधानमन्त्रीको टोलीमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन् ।
फागुनमा चुनाव भएकाले कतिपयले हिमाली जिल्लामा मतदान गर्न कठिन हुने भन्दै चुनाव सानुपर्ने पनि धारणा राखेमा त्यसको अवस्था बुझ्न पनि प्रधानमन्त्री कार्की नाम्चे पुगेको बताइएको छ ।
अर्कोतर्फ प्रधानमन्त्रीको हिमाली जिल्लाको भ्रमणलाई चुनाव सार्ने दृष्टिकोणबाट समेत हेरिएको छ । यद्यपि, निर्वाचन आयोग र सरकारले तोकिएकै मितिमा एकै चरणमा चुनाव हुने बताउँदै आएका छन् । -तस्बिरःरामबहादुर रावल|प्रेस सल्लाहकार