टी–२० विश्वकपः दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार

27
Share
Featured


आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

नेपालका लागि यसअघिपनि वानखेडेमा खेलिसकेको अनुभव रहेको छ भने इटाली कोलकाताबाट मुम्बई आइपुगेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन् । कप्तान रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन् । डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ ।

इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ । नियमित कप्तान वेन म्याडसन चोटका कारण उपलब्ध छैनन् । जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडीका रूपमा छन् ।

यो समाचारमा

इटालीरोहित पौडेलकरण केसीस्कटल्याण्ड
काठमाडौँ7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...