सजिलो पत्रिका सम्पादकीय

चुनावी प्रचार : काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर

Author

सजिलो पत्रिका

२०८२ माघ २८, बुधबार

37
Share
Featured

नेपालीमा एउटा उखान छ, काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर । हो आसन्न प्रतिनिधि सभा निर्वाचनको चुनावी प्रचार ठयाक्क यसैसँग मिल्दो जुल्दो छ । घुडा दुख्दा पेटको अप्रेशन भने झै, देशको नीति फेरेर थिति कायम गर्ने प्रतिबद्धताको साटो सस्तो सौदावाजी भैरहेको छ । के उम्मेदवारले चुनाव जित्नुअघि बजेट ल्याउने बाचा गर्नै पर्ने हो ? कि उदारो बजेट बाचासँग फेरि पनि भोट साट्नु पर्ने हो । चुनावी प्रचार प्रसारका तौरतरीका हेर्दा मानौंकी अहिले जनता साहु माहाजन हुन् र उम्मेदवारहरु पैचो माग्ने ऋणी । तर, अहिलेसम्म कसैले त्यो पैचो फिर्ता गरेको रेकर्ड त सुनिन्न । र, मतदाताले त्यसको हिसाब किताब पनि राखेको सुनिदैन । होइन अब पनि त्यस्तोे गर्नु हुन्न ।

यो पटक बहिखाता बनाउनै पर्छ । हिसाब किताब बराबर राख्नुपर्छ । पैचो लिएर जानेहरु फेरि पनि नफर्किन सक्छन् । फर्केरै आएनन् भने भोली कहाँ कहाँ खोज्नु ? संसद, सिंहदरबार, मन्त्री क्वार्टर कि सांसद निवास ? आज दैलोमा आएको नेता, पाउमा परेको उम्मेदवार र अँगेनामा रोएको छोरा भोलि तपाइँलाई नचिन्न सक्छ । खोज्नु हुन्छ कहाँ ? भन्नु हुन्छ कसलाई ? समाउनु हुन्छ, कसको पाखुरा । त्यतिबेला पछुताउने होइन । अहिले हो सही निर्णय गर्ने । बजेट ल्याइदिने । धारा, पँधेरो, बाटो, मन्दिर र भ्यु टावर बनाइदिने बाचामा टाँचा नलगाउनुस् ।

बुढ्यौलीमा सेवा गर्ने छोराछोरी घर फर्काउने, देशलाई माया गर्ने, सभ्यता र संस्कृति प्रवद्र्धन गर्ने, श्रम र पौरखको कमाइमा रमाउने नीति र तिथिमा प्रष्ट भएको र महिनामा एक पल्ट आफ्ना मतदातालाई भेट्ने फुर्सद भएको उम्मेदवारलाई चिन्नू । चुनाव जितेकै दिन आफुले दिएका बचन भुल्नेलाई भोट होइन चोट पुग्ने सबक सिकाउनू । अनि थाहा हुनेछ, नेता बन्न सजिलो रहेनछ । जनताको मन जित्न झनै कठिन । सस्तो लोकप्रियतामा लट्पटाएर स्वार्थ सिद्ध गर्ने सपना देख्नेहरु बल्ल चेताउने .छन् । र, भन्ने छन्, दल, विचार र सत्ताभन्दा माथि जनता र सबैभन्दा माथि देश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गरिमामय संसद की ‘सांसद साँझ’ ?

    लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् । जनताद्वारा निर्वाचित जनप्रतिनिति सम्मिलित संसद सार्वभौम हुन्छ । जनताका प्रतिनिधिहरु सबैलाई सदनमा आफ्ना भनाई वा अभिव्यक्ति राख्न रोक तोक हुन्न । निर्धक्क राख्न पाउँछन्, सबै प्रतिनिधिले आफ्ना कुरा । त्यसैले भनिएको हो संसदलाई गरिमामय र सार्वभौम । सार्वभौमको अर्थ तथानाम वा जथाभावी चाँहि होइन

    Data is loading...

    Loading brands...

    Loading footer...