भ्रष्टाचार नियन्त्रण पहिलो शर्त : प्रधानमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ माघ २८, बुधबार

33
Share
Featured

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगको रहेको स्पष्ट पारिन् । 

उनले भनिन्, “कुनै पनि कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुख जिम्मेवार हुनुपर्छ। जबसम्म भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्ग भन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र सुधार गर्न सक्ने छैनौँ ।”

प्रधानमन्त्री कार्कीले जेन-जी युवाहरूको आन्दोलनको जगमा बनेको वर्तमान सरकारले सार्वजनिक सेवा नागरिकमैत्री बनाएको दाबी गरिन् । राहदानी, नागरिकता र अन्य सेवा सरल, शीघ्र र सुलभ ढङ्गले प्रदान गर्न सरकार संवेदनशील भई लागेको उनको भनाइ छ । 

उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा स्वच्छ छवि भएका प्रतिनिधि छनोट गरी सदाचारको महाअभियान सफल पार्न सबैमा आग्रह गरिन् । फागुन २१ को निर्वाचनलाई मुलुकमा सदाचार र सुशासन स्थापनाको ऐतिहासिक महाअभियानका रूपमा लिनुपर्ने उनले बताईन् । 

यो समाचारमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअख्तियार दुरुपयोग अनुसन्धान आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...