व्युरो रिपोर्ट

एप्स्टिन फाइल्सको नेपाल कनेक्सन-शंकास्पद व्यक्ति तथा संस्थामाथि होला छानविन ?

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार

52
Share
Featured

काठमाडौँ

संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले जारी गरेको एप्स्टिन फाइल्सले संसारभर तरंग ल्याएको छ । जुन फाइल्सले संसारका धनाड्यहरुको अवैध तथा अमानवीय गतिविधिको पोल खोलेको चर्चा भइरहेको छ । विश्वभरका आम सञ्चारमाध्यम र सामाजिक सञ्जाल अहिले एप्स्टिन फाइल्सकै तथ्यहरुले भरिएका छन् ।  

यो प्रकरणमा नेपाल समेत तानिएको छ । जुन फाइल्समा ११८ पल्ट नेपालको मेन्सन भएको भनिँदै छ । विभिन्न इमेलहरुमा उल्लेख भए अनुसार एप्स्टिन आइल्याण्डमा जाने मानिसहरुले नेपालको गलैचा र कफी मन पराएको र लक्जरी मानेको देखिन्छ ।   

त्यो आइल्याण्डमा नेपालको एउटा गलैचा करिब ५१ हजार डलरमा किनबेच भएको तथ्य समेत इमेलहरुले देखाएका छन् । यो साम्राज्य चलाएका जेफ्री एप्स्टिनको व्यवसायिक साझेदार थोमस प्रिजरले आफुलाई मुस्ताङी राजाको अति मिल्ने साथी हो भन्ने गरेको तथ्यहरु बाहिर आएका छन् । 

यस्तै, नेपाल र तिब्बतको हिमाली क्षेत्रमा गरिएको एउटा अनुसन्धानमूलक खोज एण्डो बायोटिकाले ती क्षेत्रमा बस्ने बच्चाहरुको पेटको स्वास्थ्य एकदमै राम्रो भएको तथ्य पत्ता लगाएको जिकिर पनि एप्स्टिन फाइल्समा गरिएको छ । 

जहाँ उनीहरुको पेटमा भएको एन्टीबडीलाई कसरी संकलन गर्न सकिन्छ र नयाँ प्रयोगात्मक प्रोजेक्ट गर्न सकिन्छ भनेर एण्डो बायोटिका भन्ने शोध गरिएको कुरा समेत उल्लेख छ । 

यसमा विश्व बैंकको समेत संलग्नता रहेको बताइँदै छ भने जेफ्री एप्टिनसँग नेपालका विभिन्न व्यक्ति तथा संस्थाले सहयोग लिएकोसम्म चर्चा भइरहेको छ । एप्स्टिन फाइलले नेपाललाई यो गतिविधि गर्दा हुने हुण्डी कारोबारको हब बनाइएको तथ्य समेत उजागर गरेको छ ।  

शंकाको सुई 

नेपालमा चाँडै उदाएका केही व्यापारी, धर्मगुरु र संस्थाहरु माथि उल्लेखित घटनासँग मेल खाने गतिविधिसँग जोडिएका छन् । बालिका हत्या, बलात्कार तथा बेपत्ता पारेको संघीन आरोप लागेका राम बहादुर बम्जन पक्राउ पर्दा बुढानीलकण्ठस्थित उनको निवासबाट करोडौं रकम बरामद भएको थियो भने एप्स्टिन आइल्याण्डमा विक्रि हुने गरेको गलैचाहरु समेत देख्न पाइएको थियो । 

अर्कोतिर नेपालको शैक्षिक र होटल पर्यटन क्षेत्रमा दरिएका व्यवसायी एवं कांग्रेस नेता उमेश श्रेष्ठले पछिल्लो समय नयाँ व्यवसायीलाई गलैचा गार्मेन्ट सञ्चालन गर्ने भए अर्बौ रकम लगानी गरिदिने कुरा गर्ने गरेको बताइन्छ । संयोगले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ श्रेष्ठका व्यवसायिक साझेदार हुन् भने अहिले तारे होटल सञ्चालकमा थपिने व्यपारीहरुको लर्को छ । इन्फिनिटीका सञ्चालक दिपक भट्ट, पूर्व उर्जामन्त्री दिपक खड्कासहितका व्यक्तिहरु समेत ठूला होटल सञ्चालक हुन् । जो विवादित कारोबारसँग पटक पटक जोडिँदै आएका छन् । 

यस्तै, नेपालमा विभिन्न बहानाले छिरेको बहुराष्ट्रिय कम्पनी पतंजलीको गतिविधिले पनि शंका जन्माइरहेको छ । गोरखा भूकम्पपछि गोरखा जिल्लाको बारपाक र लाप्राकबाट अभिभावकविहीन भन्दै पतंजलीले ल्याएका झण्डै ७० जना बालबालिका मध्ये अहिले मण्डिखाटारस्थित आश्रममा १४, १५ जना मात्रै बालबालिका छन् । बाँकी बालकालिका कहाँ गए भन्ने कुनै अत्तोपत्तो छैन । त्यति मात्रै होइन मण्डिखाटार मै पतंजलीले अस्पताल चलाउन खोजेको छ । जसको स्थानीयले विरोध गरेका छन् । पछिल्लो समय नेपालमा गुम्बा, मण्डली, अनाथ आश्रम, अस्पताल र केयर होमको नाममा शंकास्पद अनेक गतिविधि भइरहेका बताइन्छ । 

यो समाचारमा

संयुक्त राज्य अमेरिकाकाठमाडौँविश्व बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...