ग्रीनल्यान्डप्रति अमेरिकी रणनीतिका बीच राजधानी नूकमा फ्रान्स र क्यानडाको कन्सुलेट औपचारिक रूपमा उद्घाटन

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार

23
Share
Featured
  • आर्कटिक क्षेत्रमा बढ्दो अन्तर्राष्ट्रिय चासोका बीच फ्रान्स र क्यानडाले ग्रीनल्यान्डको राजधानी नूकमा कूटनीतिक कन्सुलेट उद्घाटन गरेका छन्, जसले ग्रीनल्यान्डको भू–राजनीतिक महत्त्व झन् बढाएको छ।
  • क्यानडाले आर्कटिक सहकार्य, सुरक्षा र स्थानीय जनताको सहभागितालाई प्राथमिकता दिएको छ भने फ्रान्सले डेनमार्कको सार्वभौमिकताको समर्थन गर्दै सांस्कृतिक, वैज्ञानिक र राजनीतिक सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रीनल्यान्डप्रतिको रणनीतिक चासोपछि उत्पन्न विवादको सन्दर्भमा यी कन्सुलेटलाई अन्तर्राष्ट्रिय एकता र ग्रीनल्यान्डका जनताले आफ्नै भविष्य निर्धारण गर्ने अधिकारप्रतिको समर्थनका रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ग्रीनल्यान्डको राजधानी नूकमा फ्रान्सक्यानडाले औपचारिक रूपमा आफ्ना कूटनीतिक कन्सुलेट उद्घाटन गरेका छन् । आर्कटिक क्षेत्रमा बढ्दो अन्तर्राष्ट्रिय चासो र अमेरिकाले ग्रीनल्यान्डप्रति देखाएको रणनीतिक रुचिका बीच यी कन्सुलेट स्थापना भएका हुन् ।

डेनमार्क अन्तर्गतको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्यान्ड पछिल्लो समय विश्व कूटनीतिक गतिविधिको केन्द्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले “राष्ट्रिय सुरक्षाका कारण ग्रीनल्यान्ड आवश्यक छ” भन्ने अभिव्यक्ति दिएपछि यहाँको भू–राजनीतिक महत्त्व झन् बढेको हो ।
क्यानडाको कन्सुलेट उद्घाटन

क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले क्यानडाको झन्डा फहराउँदै आर्कटिक क्षेत्रमा सहकार्य विस्तार गर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गरिन् । “आर्कटिकबारे निर्णय आर्कटिकका जनताको सहभागिताबिना हुन सक्दैन,” उनले भनिन् । सामाजिक सञ्जाल ‘एक्स’मा उनले संयुक्त आर्कटिक कमाण्ड र क्यानडेली कोस्ट गार्डको आइसब्रेक जहाज सीसीजीएस जीन गुडविलको भ्रमणलाई आर्कटिक सुरक्षामा क्यानडाको प्राथमिकतासँग जोडिन् ।

कार्यक्रममा क्यानडाकी गभर्नर जनरल मेरी साइमन पनि सहभागी भइन् । इनुक समुदायकी नेतृसमेत रहेकी साइमनको उपस्थितिलाई क्यानडाको सांकेतिक र राजनीतिक प्रतिबद्धताका रूपमा हेरिएको छ ।

त्यसैगरी फ्रान्सले पनि नूकमा आफ्नो कन्सुलेट स्थापना गर्दै जाँ–नोएल पोइरियरलाई पहिलो कन्सुल जनरल नियुक्त गरेको छ । यद्यपि हालसम्म कन्सुलेटका लागि छुट्टै भवन छैन । यो ग्रीनल्यान्डमा युरोपेली संघको कुनै सदस्य राष्ट्रले पहिलो पटक कूटनीतिक उपस्थिति जनाएको अवसर हो । पोइरियरले यो कदम एकताको प्रतीक भएको भन्दै फ्रान्स डेनमार्कको सार्वभौमिकताको समर्थनमा रहेको स्पष्ट पारे ।

फ्रान्सेली अधिकारीहरूका अनुसार कन्सुलेट उद्घाटनको उद्देश्य ग्रीनल्यान्डसँग सांस्कृतिक, वैज्ञानिक, आर्थिक तथा राजनीतिक सम्बन्ध मजबुत बनाउनु हो । ग्रीनल्यान्डका नेताहरूले दुवै देशका कन्सुलेटलाई अन्तर्राष्ट्रिय एकताको स्पष्ट संकेतका रूपमा स्वागत गरेका छन् । इनुइट नेता नाटान ओबेडले अहिलेको अवस्था “डरलाग्दो समय” भए पनि यसले ग्रीनल्यान्डका जनताले आफ्नै भविष्य निर्धारण गर्ने अधिकारलाई विश्वले समर्थन गरेको सन्देश दिएको बताए । “हाम्रो जीवनशैली हाम्रो सार्वभौमिकताको आधार हो,” उनले भने ।

फ्रान्स र क्यानडाको यो कूटनीतिक पहल अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डप्रति चासो देखाएपछि उत्पन्न विवादको पृष्ठभूमिमा आएको हो । ट्रम्पका भनाइले डेनमार्क तथा अन्य नाटो सहयोगी राष्ट्रबाट आलोचना समेत भएको थियो ।

यो समाचारमा

फ्रान्सडोनाल्ड जोन ट्रम्पक्यानडाडेनमार्क
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...