इटालीमाथि स्कटल्यान्डको सानदार जित, माइकल लिस्कले लिए ४ विकेट

Author

सजिलो पत्रिका

२०८२ माघ २६, सोमबार १५:०९

22
Share
Featured
  • स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गर्दै समूह ‘सी’ मा महत्वपूर्ण जित हासिल गर्‍यो।
  • जर्ज मुन्सेको ८४ रन को योगदानमा स्कटल्यान्डले २० ओभरमा २०७ रन बनायो, जवाफमा इटाली १३४ रनमै अलआउट भयो; माइकल लिस्कले ४ विकेट लिए।
  • जितसँगै स्कटल्यान्ड २ खेलबाट २ अंकसहित समूहको दोस्रो स्थानमा पुगेको छ, प्रतियोगिताको फाइनल मार्च ८ मा हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ। कोलकाताको इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले जर्ज मुन्सेको ८४ रनको मद्दतले २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको विशाल योगफल तयार पारेको थियो।

२०८ रनको लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमा १३४ रनमै समेटियो। इटालीका लागि बेन मानेन्टीले ५२ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। स्कटल्यान्डका माइकल लिस्कले घातक बलिङ गर्दै ४ विकेट लिए। यो जितसँगै स्कटल्यान्ड २ खेलबाट २ अंक जोड्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ।

विश्वकपमा आजै ओमान र जिम्बावे तथा क्यानडा र दक्षिण अफ्रिकाबीच पनि प्रतिस्पर्धा हुँदैछ। २० टोली सहभागी यस प्रतियोगिताको फाइनल आगामी मार्च ८ मा हुनेछ।

यो समाचारमा

इटालीक्यानडादक्षिण अफ्रिकाकाठमाडौँ

ट्यागहरू

#आईसीसी टी–२० विश्वकप#इटाली#क्यानडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, उपाधि दाबेदारबीच रोमाञ्चक भिडन्त हुने

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू