काठमाडौँ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले समेत निर्वाचन आचारसंहिता विपरीत पार्टीमा नेता कार्यकर्ता प्रवेश गराएका छन् । सोमबार काठमाडौं क्षेत्रम्बर ५ मा निर्वाचन आचारसंहिता विपरीत पार्टी प्रवेश कार्यक्रम राखिएकामा प्रचण्ड भौतिक रुपमा उपस्थित भएर नेता कार्यकर्ता भित्र्याएका हुन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा प्रतिनिधि सभा सदस्य निर्वाचनको १७ दिनअघि कुनै पनि सभा, जुलुश तथा देश दौडाहा गर्न नपाइने भनिएकामा सबै पार्टीका शीर्ष तथा वरिष्ठ नेताहरु देश दौडामा छन् भने आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर भएका आमसभा तथा तडकभडकवाला कार्यक्रममा सहभागी भएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ५ मा आयोजिक कार्यक्रममा नेकपा संयोजक प्रचण्डले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा देखिएको भनी चिन्ता गरेका छन् । तर, आफुहरु नियममा बाँधिने र आगामी दिनमा अनुशासनमा बसेर सुशासन कायम गर्ने कुरामा भने उनले कुरो उप्काएनन् ।