टी–२० विश्वकप: अफगानिस्तानमाथि न्युजिल्यान्डको ऐतिहासिक जित

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार १५:०६

24
Share
Featured
  • न्युजिल्यान्डले टी–२० विश्वकप २०२६ मा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
  • अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य न्युजिल्यान्डले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो; टिम सेइफर्टले ४२ बलमा ६५ रन बनाए।
  • अफगानिस्तानका लागि गुल्बादिन नैबले ३५ बलमा ६३ रन बनाए, बलिङतर्फ लक्की फर्गुसन र मुजिब उर रहमानले समान २–२ विकेट लिए। न्युजिल्यान्डको यो टी–२० विश्वकपमा अहिलेसम्मकै ठूलो लक्ष्य पूरा गर्ने सफलता हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले विजयी सुरुवात गरेको छ। आइतबार चेन्नईमा भएको समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।

अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य न्युजिल्यान्डले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। न्युजिल्यान्डको जितमा टिम सेइफर्टले ४२ बलमा ६५ रनको उत्कृष्ट इनिङ खेले। यो न्युजिल्यान्डले टी–२० विश्वकप इतिहासमा पछ्याएको अहिलेसम्मकै ठूलो लक्ष्य हो। यसअघि सन् २०२१ मा इङ्गल्यान्डविरुद्ध १६७ रनको लक्ष्य पूरा गर्नु उसको सबैभन्दा ठूलो सफलता थियो।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। उसका लागि गुल्बादिन नैबले ३५ बलमा ६३ रन र सेडिकुल्लाह अटलले २९ रन जोडे। बलिङतर्फ न्युजिल्यान्डका लक्की फर्गुसन र अफगानिस्तानका मुजिब उर रहमानले समान २–२ विकेट लिए। यो जितसँगै न्युजिल्यान्डले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

यो समाचारमा

श्रीलंकाअफगानिस्तानभारतकाठमाडौँ

ट्यागहरू

#भारत#आईसीसी टी–२० विश्वकप#अफगानिस्तान#श्रीलंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, उपाधि दाबेदारबीच रोमाञ्चक भिडन्त हुने

    भर्खरै

    News Image

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    News Image

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    News Image

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    News Image

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू