२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

28
Share
Featured
  • बिहीबार नेप्से २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेको छ, सेन्सेटिभ र फ्लोट सूचकहरू पनि उकालो लागेका छन्।
  • ११ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी कारोबार भई ३ कम्पनी सकारात्मक सर्किटमा पुगे; यूनियन हाइड्रोपावर सबैभन्दा धेरै कारोबार भएको कम्पनी बन्यो।
  • १३ मध्ये १२ उपसमूहको सूचक बढ्दा अन्य तथा निर्जीवन बीमा, जलविद्युत, लगानी र जीवन बीमा क्षेत्रले उल्लेख्य वृद्धि देखाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको शेयरमूल्य सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यद्यपि, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ५८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ५७ करोड रुपैयाँभन्दा बढी र एसवाई प्यानल नेपालको साढे ५३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । साथै, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य रूपमा घटेको छ ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...