आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

34
Share
Featured

काठमाडौँ

आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ ।

संयुक्त अरब इमिरेट्सलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली क्यानडाविरुद्ध जित निकाल्दै विश्वकपमा आत्मविश्वाससहित प्रवेश गर्ने लक्ष्यमा छ ।

चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने नेपाल–क्यानडा अभ्यास खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई सहजै हराउँदै नेपालले आफ्नो सकरात्मक संकेत दिएको थियो ।

विश्वकपअघि भारतश्रीलंकामा खेलेका अभ्यास खेलबाट अनुभव बटुलेको नेपालले अब क्यानडाविरुद्धको खेललाई अन्तिम परीक्षणका रूपमा लिएको छ ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा परेको नेपालका लागि यो विश्वकप ऐतिहासिक अवसरसमेत हो, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्ल्यान्डजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन्।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। समूह चरणका सबै खेल मुम्बईमा हुनेछन्, जहाँ नेपाली टोलीका सबै खेलका टिकट अग्रिम रूपमा बिक्री भइसकेका छन्।

सन् २०१४ र २०२४ पछि तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले यस संस्करणमा नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा र अनुभवी खेलाडीको संयोजनसहित मैदान उत्रिएको नेपाली टोलीले शतप्रतिशत नतिजाका लागि खेल्ने प्रतिबद्धता जनाएको छ।

विश्वकपका अन्य समूहहरूमा पनि भारत–पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका जस्ता दिग्गज टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। समूह चरणबाट शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्।

यो समाचारमा

भारतक्यानडाश्रीलंकानेपाल
संयुक्त अरब इमिरेट्स5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...