देशका तीन जिल्लामा सवारी दुर्घटना, तीनै जना मृतक महिला

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

22
Share
Featured
  • उदयपुर, महोत्तरी र रसुवामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भयो।
  • उदयपुरमा अटो दुर्घटना, महोत्तरीमा मोटरसाइकलको ठक्कर र रसुवामा टिपर–मोटरसाइकल ठोक्किँदा ज्यान गएको हो।
  • तीनवटै घटनामा सम्बन्धित चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उदयपुर, महोत्तरीरसुवामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–१४ दियालीमा बुधबार बिहान अटो अनियन्त्रित भई दुर्घटना हुँदा ५२ वर्षीया रत्न माया मगरको घटनास्थलमै मृत्यु भएको छ।

यस्तै, महोत्तरीको साम्सी गाउँपालिका–२ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४५ वर्षीया बुनी खातुनको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको जलेश्वर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

त्यसैगरी, रसुवाको कालिका गाउँपालिका–२ लामाटोलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २० वर्षीया यो माया निकुरको मृत्यु भएको छ। उनको त्रिशूली अस्पताल नुवाकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले तीनवटै दुर्घटनाका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

महोत्तरीकालिका गाउँपालिकाकाठमाडौँउदयपुर
त्रियुगा नगरपालिका6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...