दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकालाई

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

39
Share
Featured

काठमाडौँ

च्यामा–काठमाडौं सेवा समाजद्वारा काठमाडौंमा आयोजित दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले हात पारेको छ।

काठमाडौंकोकागेश्वरी-मनहरा नगरपालिका–स्थित अमरसिंह चौरमा सम्पन्न फाइनल खेलमा तामाकोशी गाउँपालिकाको शुभारम्भ युवा क्लबलाई पराजित गर्दै जिरी नगरपालिकाको टोलीले उपाधि जितेको हो।

त्यसैगरी प्रतियोगितामा मेलुङ गाउँपालिकाको टोली तेस्रो र कालीन्चोक गाउँपालिकाको ‘ए’ टोलीले सान्त्वना स्थान हासिल गरेको खेल संयोजक भविन्द्र फुयाँलले जानकारी दिए ।

समाजका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द प्रसाद पोखरेलले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. २ की राप्रपाकी उम्मेदवार कुन्तिदेवी पोखरेललगायत विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

प्रतियोगिताका विजेताले प्रथम पुरस्कारस्वरूप ४० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार तथा सान्त्वना पुरस्कार १० हजार रुपैयाँ नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

यो समाचारमा

जिरी नगरपालिकादोलखातामाकोशी गाउँपालिकाकालीन्चोक गाउँपालिका
भलिबल8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...