पूर्वाधार, पर्यटन र जनस्तरीय सहकार्यमा चीन महत्त्वपूर्ण साझेदार : मन्त्री श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ माघ १७, शनिबार २०:४४

17
Share
Featured
  • चिनियाँ नयाँ वर्ष २०२६ अवसरमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा मन्त्री श्रद्धा श्रेष्ठले खेलकुद र संस्कृतिलाई जनस्तरको कूटनीतिक सेतुका रूपमा सुदृढ गर्नुपर्ने बताइन्।
  • उनले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै चीनको विकास, पूर्वाधार र भूकम्पपछिको सहयोगप्रति आभार व्यक्त गरिन्।
  • नेपाल यू–२० महिला टोलीले चीनको युनान युथ टोलीलाई ३–१ ले पराजित गर्‍यो, खेलअघि दुवै देशका सांस्कृतिक प्रस्तुति देखाइयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै खेलकुद र संस्कृतिलाई जनस्तरको कूटनीतिक सेतुका रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिएकी छन् ।

कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्लाई यस्तो अर्थपूर्ण पहलका लागि धन्यवाद दिँदै खेलकुदले भाषा, भूगोल र राजनीति भन्दा माथि उठेर मित्रता, सहकार्य र विश्वास निर्माण गर्ने प्रभावकारी माध्यम बन्ने बताइन् ।

उनले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको उल्लेख गर्दै विकास, पूर्वाधार, शिक्षा, संस्कृति, पर्यटन र जनस्तरीय आदान–प्रदानमार्फत सम्बन्ध थप सुदृढ हुँदै आएको बताइन् ।

मन्त्री श्रेष्ठले नेपालको विकास यात्रामा चीनबाट प्राप्त सहयोग, विशेषतः पूर्वाधार विकास तथा २०१५ को भूकम्पपछिको मानवीय सहायता र पुनर्निर्माण सहयोगप्रति आभार व्यक्त गरिन् । साथै, चिनियाँ पर्यटकले नेपालको पर्यटन र आर्थिक विकासमा योगदान पु¥याइरहेको उल्लेख गर्दै बुद्ध जन्मभूमि लुम्बिनी र सगरमाथाको देश नेपाल भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रोत्साहित गरिन् ।

चिनियाँ नयाँ वर्षको महत्वबारे बोल्दै उनले यसलाई नवीकरण, सद्भाव, सहनशीलता र आशाको प्रतीक भएको बताइन् । पछिल्ला वर्षहरूमा नेपालमा लालटिन महोत्सव, ड्रागन बोट उत्सव लगायत सांस्कृतिक कार्यक्रमहरू लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यी कार्यक्रमहरूले दुई देशका समुदायलाई नजिक ल्याउने भूमिका खेलेको बताइन् ।

मन्त्री श्रेष्ठले सांस्कृतिक तथा खेलकुद कूटनीतिलाई जनस्तरीय सम्बन्ध सुदृढ गर्ने प्रभावकारी माध्यमको रूपमा वर्णन गर्दै युवाहरू, महिला खेलाडी, बालबालिका र ज्येष्ठ नागरिकलाई समेट्ने संयुक्त खेलकुद कार्यक्रम तथा आदान–प्रदान कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखिन् ।

उनले आगामी दिनमा नेपाल–चीनबीच संयुक्त प्रतियोगिता, युवा तथा आधारभूत तहका खेलकुद कार्यक्रम, महिला खेलाडी आदान–प्रदान तथा समावेशी पहलहरूमार्फत सहकार्य अझ विस्तार हुने अपेक्षा व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा नेपाल र चीन दुवै देशका जनतालाई सुस्वास्थ्य, खुशी र समृद्धिको शुभकामना दिँदै नेपाल–चीन मित्रता दीर्घायु होस् भन्ने कामना व्यक्त गरिन् । मन्त्री श्रेष्ठले आगामी राष्ट्रिय निर्वाचन सफल बनाउन सबै सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै आ–आफ्नो स्थानबाट लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्न योगदान दिन आग्रह गरिन् । उनले निष्पक्ष, समावेशी र शान्तिपूर्ण निर्वाचन लोकतन्त्रको आधार भएको भन्दै नागरिक, राजनीतिक दल, नागरिक समाज तथा युवाहरूलाई जिम्मेवार सहभागिताका लागि आह्वान गरिन् ।

उद्घाटनको अवसरमा नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत (चार्जे द’अफेयर्स) झोउ पान, नेपालको युवा तथा खेलकुद मन्त्रालयका स्थायी सचिव लोकनाथ पौडेल, राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव राम चरित्र मेहता, एन्फा महासचिव किरण राई, युनान विश्वविद्यालय खेलकुद संस्थानका उप–निर्देशक चेन–हेन छिङको उपस्थिती थियो ।

अखिल अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा नेपाल यू–२० महिला राष्ट्रिय टिम र चीनको युनान प्रान्तको युथ महिला टिमबीच मैत्रीपूर्ण खेल भएको हो । उक्त खेलमा नेपाल यू–२० महिला टोलीले युनान प्रान्तको टोलीलाई ३–१ ले हरायो । खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो । चीनको ड्रयागन नृत्य प्रस्तु गरिएको थियो भने नेपालकोतर्फबाट पन्चेबाजाको प्रस्तुती थियो ।

यो समाचारमा

नेपालफुटबलअखिल नेपाल फुटबल संघ (एन्फा)काठमाडौँ
चीन4 more

ट्यागहरू

#नेपाल#खेलकुद#फुटबल#चीन#कार्यक्रम#आयोजना#चिनियाँ#नेपाल फुटबल संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू