लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी : विप्लव

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

31
Share
Featured
  • विप्लवले कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने अठोट अझै कायम रहेको र जनतालाई निराश नबनाउने प्रतिबद्धता व्यक्त गरे।
  • उनले प्रचण्डले माओवादीको जिम्मेवारी बोक्न नसकेको आरोप लगाउँदै माओवादी धारमा फर्किन आग्रह गरे।
  • पुराना पार्टी कमजोर हुँदै र नयाँ शक्ति जन्मिँदै गएको सन्दर्भमा जनताले शोषक बनेका नेतामाथि कारबाही थालेको उनको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट आन्दोलनको सपनालाई पूरा गर्ने अठोट अझै रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा माओवादीको पार्टी ध्रुवीकरण कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने अठोट रहेको भन्दै आफू मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने बताए ।

उनले भने, ‘हामी जुन सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं, त्यसलाई पूरा गर्ने हामीसँग अठोट छ । मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने हामीभित्र अठोट छ । कार्यकर्ताहरु जो अहिले लागि रहेका छन् उनीहरुको जीवन यही माटोमा खोज्ने हामीभित्र आकांक्षा छ ।’

उनले पुष्पकमल दाहाल प्रचण्डले माओवादीको बजनदार जिम्मेवारीलाई बोक्न र थाम्न नसकेर लत्रिदै धेरै पर पुगेको भन्दै फर्किन आग्रह गरेका छन् ।

हिजो लडेका माओवादीहरुलाई पनि होस छ र लडाइँमा बलिदान दिएका आफ्नो मान्छेको सम्झना छ भने माओवादीमा फर्किन पनि उनले आग्रह गरेका छन् ।

उनले भने, ‘मान्छे जम्मा भएर वा धेरै मान्छे भएर कम्युनिष्ट पार्टी ठिक हुने हो, धेरै मान्छे थुपारेर लोभ–लालच देखाएर जनताहरु मान्ने हुन् । आफूले विकास गरेको विचारमा आफै उभिन नसकेपछि आफूले निर्माण गरेको इतिहासको रक्षा आफैंले गर्न नसकेपछि एउटा कुरुप चित्र आन्दोलनमा पैदा हुने रहेछ भन्ने कुरा देख्यौं । त्यसकारण आजको दिनमा कमरेड प्रचण्ड माओवादीको बजनदार जिम्मेवारी त्यसलाई बोक्न नसकेर, थाम्न नसकेर लत्रिदै धेरै पर पुग्नु भएछ । तपाई फर्किनु होस । हिजो लडेका माओवादीहरुमा होस छ भने फर्कियौं ।’

यस्तै, उनले दैनिक विभिन्न खालका नयाँ घटनाक्रमहरु घटिरहेको भन्दै नयाँ राजनीतिक पार्टीहरु जन्मिरहेको र पूराना पार्टीहरु मरिरहेकाले पुनगठन गर्ने प्रयास गरिरहेको बताए ।

कतै एकता हुने, कतै विभाजन हुने काम पनि भइरहेको भन्दै क्रान्तिकारी आन्दोलनमा ठूला ठूला उतारचढावहरु भईरहेको पनि उनको भनाई छ ।

साथै, उनले जनताको आँखामा अहिले सर्वहारा वर्गका नेताहरु मालिकमा र लुटेरामा बदलिएपछि उनीहरुलाई कारबाही गर्न जनता नै हिडेको पनि बताए ।

यो समाचारमा

पुष्पकमल दाहालनेत्रविक्रम चन्दनेपाल कम्युनिष्ट पार्टी (माओवादी)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...