वर्तमान सरकार विदेशीको कठपुतली हो-शंकर पोखरेल

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

23
Share
Featured
  • एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारलाई विदेशीको प्रभावमा बनेको कठपुतली सरकार भने।
  • उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको केन्द्र बनाउने षड्यन्त्र भइरहेको र संविधान कमजोर भएकाले लोकतन्त्र संकटमा रहेको बताए।
  • पोखरेलले आगामी निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस हुने र रास्वपाको प्रभाव चुनाव जित्ने स्तरको नभएको विश्लेषण गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार विदेशीको इशारामा बनेको आरोप लगाएका छन्। शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको केन्द्र बनाउने षड्यन्त्र भइरहेको बताए।

"संविधान घायल भएका कारण लोकतन्त्र कमजोर भएको छ," पोखरेलले भने, "अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको छ र भविष्यमा 'जेलेन्स्की' जन्माउने योजनासहित अभियान सुरु भएको छ।"

उनले आगामी निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव चुनाव जित्ने स्तरको नभएको विश्लेषण गरे। पोखरेलले एमाले विदेशी षड्यन्त्रलाई सफल हुन नदिने गरी अघि बढेको दाबी गरे।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)शंकर पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...