तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

4
Share
Featured
  • प्रधानमन्त्री बालेन शाहले आज तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
  • छलफलमा उद्योगका समस्या, उत्पादन–निर्यात प्रवर्द्धन, रोजगारी र उद्योग विकासका विषयमा केन्द्रित हुने छ।
  • प्रधानमन्त्रीले निजी क्षेत्रसँग निरन्तर संवाद गर्दै नीतिगत सुधारका सुझाव लिने र कार्यान्वयनका लागि निर्देशन दिँदै आएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार छलफल गर्ने भएका छन् । आज साढे ११ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने जनाइएकाे छ ।

भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुँदैछन् ।

छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुने जनाइएकाे छ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी-व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिँदै आएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिँचाइ र कृषिलाई एकीकृत गरी उत्पादकत्व बढाउने ऊर्जामन्त्रीको योजना

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने योजना अघि सारेका छन्। मंगलबार सातै प्रदेशका ऊर्जामन्त्रीहरूको सहभागितामा आयोजित बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सिँचाइ आयोजनाहरूमा कृषिको कम्पोनेन्ट जोडेर लैजान कानुनमै सुधार गर्न लागिएको जानकारी दिए।लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको स्थलगत अध्ययनपछि सिँचाइ र

    Data is loading...

    Loading brands...

    Loading footer...