आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन् : उपसभापति अर्याल

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

22
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिदको सपना केवल राजनीतिक परिवर्तनमा सीमित नभई सुशासन, न्याय र समृद्धिसँग जोडिएको रहेको बताएको छ।
  • उपसभापति डीपी अर्यालले लामो राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र बेथितिका कारण सहिदका सपना तथा नागरिकका आकांक्षा अझै अधुरा रहेको उल्लेख गरेका छन्।
  • फागुन २१ गतेको निर्वाचनलाई नयाँ आशा र नेतृत्व उदयको अवसरका रूपमा व्याख्या गर्दै, विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकको संयोजनबाट मात्र सहिदका सपना पूरा हुन सक्नेमा रास्वपाले जोड दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

शुक्रबार रास्वपाका उपसभापति डीपी अर्यालको एक सन्देश जारी गर्दै सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको बताए ।

उनले भने, ‘सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र पक्कै सीमित थिएन । त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो ।’

उपसभापति अर्यालले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा पूर्णरूपमा पूरा हुन नसकेको बताए ।

‘लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र ति मार्फत सिर्जित बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन्,’ उनले भने ।

उनले फागुन २१ गते हुन गइरहेको निर्वाचनको महत्वसमेत औँल्याउँदै भने, ‘यो निर्वाचन केवल जनप्रतिनिधि चुन्ने प्रक्रिया मात्र होइन, बरु मुलुकमा नयाँ आशा र नेतृत्व उदयको प्रस्थान बिन्दु हो। हामी आशावादी छौं कि रास्वपाको नेतृत्वमा मुलुकले राजनीतिक स्थायित्व, जनमुखी शासन र सामाजिक न्यायसहित समृद्धि प्राप्त गर्नेछ।’

डीपी अर्यालले सहिदको बलिदानको वास्तविक सम्मान राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधनमार्फतै हुन सक्ने उल्लेख गर्दै, विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकको संयोजनमा मात्रै सहिदका सपना पूरा गर्न सकिनेमा जोड दिएका छन्।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...