अमर शहीदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

18
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले शहीद दिवसको अवसरमा अमर शहीदहरूको बलिदानलाई स्मरण गर्दै लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले शहीद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका हुन् ।

उनले वि.सं. १९९७ मा प्रजातन्त्रको आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्दगंगा लाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको स्मरण गराउँदै त्यही बलिदानबाट निरङ्कुश र जहानियाँ शासनविरुद्धको आन्दोलनको बीऊ रोपिएको उल्लेख गरेका छन्।

अध्यक्ष ओलीका अनुसार कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनकै परिणामस्वरूप आज समाजले लोकतान्त्रिक अधिकार प्राप्त गरेको हो।
‘निरङ्कुश शासनको स्थानमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने ऐतिहासिक संघर्षको विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले लेखेका छन्।

शहीदहरूको बलिदानको मूल्य कहिल्यै नबिर्सने उल्लेख गर्दै ओलीले नेपालको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सधैं प्रतिबद्ध रहने पनि बताएका छन्।

यो समाचारमा

दशरथ चन्दगंगा लाल श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाल
शहीद दिवस8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...